close

डिएक्सओमार्कको ब्याट्री परीक्षणमा रियलमी जिटी नियो थ्रि सबैभन्दा अघि

टेकपाना टेकपाना

जेठ ९, २०७९ १३:३०

डिएक्सओमार्कको ब्याट्री परीक्षणमा रियलमी जिटी नियो थ्रि सबैभन्दा अघि

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड रियलमीको नयाँ स्मार्टफोन जिटी थ्रिमा प्रयोग भएको ब्याट्री प्रविधि सबैभन्दा उत्कृष्ट सावित भएको छ । स्मार्टफोमा प्रयोग हुने ब्याट्रीको परिक्षण गर्ने संस्था ‘डिएक्सओमार्क’ को पछिल्लो प्रतिवेदन अनुसार रियलमी जिटी नियो थ्रि ब्याट्रीमा सबैभन्दा अब्बल सावित भएको हो ।

रियलमी जिटी नियो थ्रिमा १५० वाटको अल्ट्राडार्ट चार्जिङ सिस्टम प्रयोगमा ल्याइएको छ । जसको मद्दतले जिरो देखि ५० प्रतिशत ब्याट्री चार्ज हुनेका लागि केबल ५ मिनेट लाग्ने जनाइएको छ । यो हिसाबले डिएक्सओमार्कले चार्जिङ समयका आधारमा नियो थ्रिलाई १२१ चार्जिङ सव–स्कोर प्राप्त गरेको छ । जुन अन्य स्मार्टफोनको तुलनमा बढी हो ।

डिएक्सओमार्कका अनुसार जिटी नियो थ्रि र एप्पल आईफोन १३ प्रो म्याक्स क्रमशः १२१ र ७३ चार्जिङ सव–स्कोर प्राप्त गरेको छ । प्रभावशाली चार्जिङ स्पीडका साथै सुरक्षा र स्थायित्वका पक्षहरू पनि रियलमी जिटी नियो थ्रि अघि रहेको जनाइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२