काठमाडौं । पेमेन्ट कम्पनी स्क्वायर इंकले बिटक्वाइनका लागि हार्डवेयर वालेट विकास गर्नेतर्फ याेजना बनाइरहेकाे कम्पनीका कार्यकारी प्रमुख ज्याक डोर्सीले बताएका छन् । शुक्रबार ट्वीट गर्दै डाेर्सीले यसबारे जानकारी दिएका हुन् ।
Square is considering making a hardware wallet for #bitcoin. If we do it, we would build it entirely in the open, from software to hardware design, and in collaboration with the community. We want to kick off this thinking the right way: by sharing some of our guiding principles.
बिटक्वाइन काराेबारमा ‘की’ स्टाेर गर्ने उद्देश्यसहित यस्ताे वालेट निर्माण गरिन्छ, जसअन्तर्गत क्रिप्टाेकरेन्सी एक्सचेन्जमा अनलाइन वा अफलाइन स्टोर गर्न सकिनुका साथै यसबाटै बिटक्वाइन किन्न सकिने ठाउँ र परम्परागत मुद्रा तथा अन्य भर्चुअ क्वाइन बिक्री गर्न सकिन्छ ।
नन कस्टडियल वालेटको साथ तपाईंले आफ्नो प्राइभेट की’ नियन्त्रण गर्न सक्नुहुन्छ, जसअन्तर्गत तपाईंले आफ्नो क्रिप्टोकरेन्सीमा नियन्त्रण राख्न र फण्ड आफ्नो स्वामित्वमा रहेकाे प्रमाणित गर्न सक्नुहुन्छ ।
ट्वीटरका कार्यकारी प्रमुखसमेत रहेका डोर्सीले भने, ‘हामी अन्य हार्डवेयर वालेटसँग प्रतिस्पर्धा गर्न चाहँदैनौं । हामी यसलाई अर्को चरणमा लैजान चाहन्छौं र १०० लाख मानिसकाे पहुँचमा लैजान चाहन्छौं ।’
अनलाइन, पेपर, सफ्टवेयर र हार्डवेयर वालेट गरी ४ प्रकारका बिटक्वाइन वालेट अभ्यासमा रहेकाे पाइन्छ ।