close

राष्ट्रिय सूचना प्रविधि केन्द्र खारेज, अब सरकारी डेटा सेन्टर सूचना प्रविधि विभागको जिम्मा

टेकपाना टेकपाना

जेठ १५, २०८० २०:४८

राष्ट्रिय सूचना प्रविधि केन्द्र खारेज, अब सरकारी डेटा सेन्टर सूचना प्रविधि विभागको जिम्मा

काठमाडौं । सरकारले राष्ट्रिय सूचना प्रविधि केन्द्र खारेज गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सरकारले सरकारी डेटा सेन्टर सञ्चालन तथा व्यवस्थापन गर्दै आइरहेको केन्द्र खारेज गरेको हो ।

अब राष्ट्रिय सूचना प्रविधि केन्द्रले यसअघि गरिरहेका सम्पूर्ण कार्य सूचना प्रविधि विभागले गर्ने उल्लेख छ । त्यस्तै बजेटमार्फत रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एक आपसमा गाभ्ने घोषणा समेत गरेको छ । अतिरिक्त हुलाक कार्यालय सहित २० ओटा संस्था खारेज गरिने तथा गाभिने कार्यालयमा परेका छन् । 

पछिल्लो अध्यावधिक: जेठ १५, २०८० २०:५१