close

२६ असारमा सार्वजनिक हुँदै ‘नथिङ फोन टु’

टेकपाना टेकपाना

जेठ ३१, २०८० १५:२२

२६ असारमा सार्वजनिक हुँदै ‘नथिङ फोन टु’

काठमाडौं । पारदर्शी फोन उत्पादन गर्ने ब्रान्डका रूपमा परिचित ‘नथिङ’ ले नयाँ फोन सार्वजनिक गर्ने मिति तय गरेको छ । कम्पनीले आउँदो जुलाई ११ (असार २६) मा ‘नथिङ फोन टु’ फोन ल्याउने घोषणा गरेको हो ।

नथिङ फोन वनले विश्वबजारमा राम्रै स्थान जमाएको कम्पनीको दाबी छ । कम्पनीका संस्थापक कार्ल पेईले नथिङको पहिलो स्मार्टफोन साढे सात लाख थान बिक्री भएको जानकारी दिएका छन् । यसपटक अमेरिकी बजारमा समेत नथिङ फोन उपलब्ध हुने बताइएको छ ।

नथिङ फोन टु पहिलो संस्करणभन्दा निकै प्रिमियम रहने कम्पनीले जनाएको छ । यसमा स्न्यापड्रागन ८ प्लस जेन वन चिपसेट, ४,७०० एमएएचको ब्याट्री, १२० हर्ज रिफ्रेस रेट सहितको ६.५५ इन्चको डिस्प्ले, ५० मेगापिक्सेलमा मुख्य क्यामेरा लगायतका फिचर रहनेछन् ।

पछिल्लो अध्यावधिक: जेठ ३१, २०८० १५:२२