काठमाडौं । भोलि (सोमवार) साँझसम्म नथिङको सहायक ब्रान्ड सीएमएफको फोन वन प्रिबुक गर्ने पहिलो ४०० ग्राहकले आठ हजार रुपैयाँ पर्ने सीएमएफ बड्स नि:शुल्क पाउने भएका छन् । नेपाली बजारमा औपचारिक सार्वजनिक भएपछि आधिकारिक बिक्रेता सीजी मोबाइलले ग्राहकहरूबीच यस्तो अफर ल्याएको हो ।
कालो, सुन्तला, हलुका हरियो र निल रङ्गमा उपलब्ध यो फोनमा टेक्स्चर केस वा भेगन लेदर फिनिस रहेको छ ।
८ जीबी र्याम तथा १२८ जीबी स्टोरेज भेरियन्ट फोनको मूल्य ३६ हजार ९९९ रुपैयाँ र ८ जीबी र्याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ४१ हजार ४९९ रुपैयाँ रहेको छ । थप स्टोरेज चाहिए यसमा तपाईंले माइक्रो एसडीएक्ससी सपोर्ट पनि पाउन सक्नुहुन्छ ।
यो फोनमा ५० मेगापिक्सेलको मुख्य सेन्सर र २ मेगापिक्सेलको डेप्थ सेन्सर रहेको छ । सेल्फीका लागि १६ मेगापिक्सेलको क्यामेरा छ, जसले ३० एफपीएसमा १०८० पिक्सेलको भिडिओ खिच्न सक्छ ।
फोनमा तपाईंले ५००० एमएएच क्षमताको ब्याट्री, ३३ वाटको फास्ट चार्ज तथा ५ वाटको रिभर्स वायर्ड चार्जको सपोर्ट पाउन सक्नुहुन्छ ।
१९७ ग्राम र २०२ ग्राम तौल रहेको यो फोनले दुई ओटा सिम सपोर्ट गर्छ । पछाडिपट्टि फेर्न मिल्ने कभर रहेको सीएमएफ फोन वनले धुलो र तरल पदार्थबाट जोगाउन आईपी ५२ रेटिङ पाएको छ ।
फोनमा १२० हर्जको एमोलेड एचडीआर १० प्लस डिस्प्ले छ । ५०० निट्स (टीवाईपी) तथा २००० निट्स (उच्चतम) ब्राइटनेश रहेको फोनको स्क्रिनको आकार ६.६७ इन्चको रहेको छ ।
यसमा १०८०x२४० पिक्सेलको रेजोलुसन पाउन सकिन्छ । एन्ड्रोइड १४ मा आधारित फोनमा मिडियाटेक डाइमेन्सिटी ७३०० (४ एनएम) चिपसेट राखिएको छ ।
अफर अन्तर्गत कम्पनीले नि:शुल्क दिन लागेको सीएमएफ बड्स पनि हालै सार्वजनिक भएको हो । कम्पनीका अनुसार भोलि साँझ ६ बजेसम्म फोनको प्रिबुक गरी यो अफरमा भाग लिन सकिन्छ ।
ग्राहकले सीजी डिजिटल, दराज, हुकुट स्टोर लिङ्क र खल्तीबाट फोन प्रिबुक एवं खरिद गर्न सक्नेछन् ।