close

काठमाडौंको ब्रिटिश कलेजमा भर्चुअल रियालिटी (भीआर) ल्याब, के के छन् सुविधा ?

टेकपाना टेकपाना

असार १४, २०८० १६:२६

काठमाडौंको ब्रिटिश कलेजमा भर्चुअल रियालिटी (भीआर) ल्याब, के के छन् सुविधा ?

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित द ब्रिटिश कलेज (टिबिसी)ले भर्चुअल रियालिटी ल्याब सञ्चालनमा ल्याएको छ । कलेजले बुधबारदेखि उक्त ल्याब सञ्चालनमा ल्याएको हो ।

विद्यार्थीहरूलाई अध्ययन तथा अनुसन्धान गर्न सहयोग पुर्‍याउने उद्देश्यले ल्याब सञ्चालनमा ल्याएको कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजन कँडेलले जानकारी दिए । ल्याब सञ्चालनमा आएपछि विद्यार्थीहरुले अझै नयाँ–नयाँ कुराहरु सिक्न पाउने उनको भनाइ छ ।

भीआर ल्याबमा अत्याधुनिक सप्टवेयर र आवश्यक उपकरणहरु जस्तैः भीआर हेडसेट, कन्ट्रोलर, सेन्सर, इमर्सिभ शैक्षिक एप्लिकेसन, लगायत रहेका छन् । यी सफ्टवेयर तथा उपकरणहरुको प्रयोगबाट विद्यार्थीहरूले भर्चुअल वातावरणमा आफ्नो अध्ययनको विशेष क्षेत्रमा पहुँच पुर्‍याउन  सक्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असार १४, २०८० १६:२६