close

अनलाइनबाटै कानूनी परामर्श लिन मिल्ने प्लेटफर्म ‘मेरोअड्डा’, यसरी गर्नुहोस् प्रयोग

टेकपाना टेकपाना

असार २९, २०८० १०:३४

अनलाइनबाटै कानूनी परामर्श लिन मिल्ने प्लेटफर्म ‘मेरोअड्डा’, यसरी गर्नुहोस् प्रयोग

काठमाडौं । मानौं, तपाईंलाई केही कानूनी जिज्ञासा वा प्रश्नको उत्तर जान्न मन लाग्यो । अब समाधानका लागि तपाईं कानूनी किताब, लेख पढ्नुहुन्छ वा यस क्षेत्रका कसैलाई सोध्नुहुन्छ । तर कानून व्यवासायीहरू तपाईंको चिनजानमा नहुन सक्छन् । यस्तो अवस्थामा सहयोगी बन्न सक्छ, मेरोअड्डा । 

यो एक कानूनी परामर्श लिने अनलाइन प्लेटफर्म हो । चार वर्षअघि सञ्चालनमा आएको यस प्लेटफर्मलाई सिलिकन हायर प्रालिले सञ्चालन गरिरहेकाे छ । यसमा तपाईंले सोध्ने प्रश्नको उत्तर कानून व्यवसायीहरूले दिने गर्छन् । सबैले निःशुल्क प्रयोग गर्न सकिने यस प्लेटफर्ममा कसरी कानूनी प्रश्न सोध्ने भन्नेबारे जानकारी आज हामी दिँदै छौं: 

-मेरोअड्डाको वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस् ।

-माथि दायाँ भागमा रहेको ‘Sign Up’ मा क्लिक गर्नुहोस् ।

 

-‘General User’ मा क्लिक गर्नुहोस् । (कानून व्यवसायी हुनुहुन्छ भने ‘Lawyer’ छान्न सक्नुहुन्छ)

-अर्को पेजमा आफ्नो युजर नेम, ईमेल, पूरा नाम र पासवर्ड राख्नुहोस् । कम्पनीको सर्तहरू र गोपनीयता नीतिमा सहमत हुन ‘टिक’ लगाई ‘साइन अप’मा क्लिक गर्नुहोस् ।

 

-कम्पनीले उक्त ईमेलमा ‘कन्फर्मेसन ईमेल’ पठाउँछ । त्यसमा क्लिक गर्नुहोस् । अब यस प्लेटफर्ममा तपाईंको अकाउन्ट खुल्छ ।

-अब प्रश्नका लागि भने ‘आक्स अ लयर्स’ (Ask A Lawyer) सेक्सन प्रयोग गर्नुपर्छ । त्यहाँ तपाईंले आफ्नो प्रश्न,अवस्था र कहाँको कानून व्यवसायीलाई प्रश्न सोध्ने उल्लेख गर्नुपर्छ । 

 

-यसपछि प्लेटफर्मले तपाईंको प्रश्न ठीक छ कि छैन भनेर ‘प्रिभ्यू’को मौका दिन्छ । यदि सबै कुरा ठीक छ भने ‘पोस्ट’मा क्लिक गर्नुहोस् ।

 

‍यसरी तपाईंले ‘मेरोअड्डा’मा कानूनी प्रश्न सोध्न सक्नुहुन्छ । यदि कोही कानून व्यवसायीले यसमा उत्तर दिए सोही ईमेलमा सूचना आउँछ । अथवा पेजको माथिल्लो भागमा भएको ‘माई आक्स्ड क्वेसन्स’ सेक्सनमा गएर पनि उत्तर हेर्न सक्नुहुन्छ, जहाँ तपाईंले सोधेका सबै प्रश्नहरूको फेला पार्न समेत सकिन्छ ।

यसबाहेक मेरोअड्डाले आफ्ना सामाजिक सञ्जालका प्लेटफर्ममार्फत पनि विभिन्न जानकारी प्रदान गर्दै आइरहेको छ ।

पछिल्लो अध्यावधिक: असार २९, २०८० १२:३९