close

भदौ २५ को इन्जिनिरियङ प्रवेश परीक्षा स्थगित

टेकपाना टेकपाना

भदौ २०, २०८० ११:३९

भदौ २५ को इन्जिनिरियङ प्रवेश परीक्षा स्थगित

काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले बीई/बीआर्कको प्रवेश परीक्षा स्थगित गरेकाे छ । एक सूचना जारी गर्दै संस्थानले भदौ १९ पछिका प्रवेश परीक्षा सम्बन्धी कार्यक्रमहरू रोकेको जानकारी दिएकाे हाे ।

पूर्वनिर्धारित तालिका अनुसार भदौ १९ गतेसम्म प्रवेश परीक्षामा सहभागी हुने विद्यार्थीका लागि फारम खुला गरिएको थियो भने भदौ २५ गते प्रवेश परीक्षा तोकिएको थियो । फारम भर्ने अन्तिम मिति सकिएपछि आईओईले त्यसपछिका तालिकाहरू स्थगित गरेको हो ।

योसँगै सोही दिन परीक्षा हुन्छ भनेर बसेका विद्यार्थीहरू प्रभावित हुने भएका छन् । त्यस्तै कहिले परीक्षा हुन्छ भनेर निश्चित नहुँदा विद्यार्थीहरू अन्यौलमा पर्ने देखिएको छ । आईओईका अनुसार अर्को सूचना नआएसम्म पूर्वतालिका अनुसारका कार्यक्रम रोकिएको हो ।

बढाएको शुल्क खारेज हुनुपर्ने माग राख्दै विभिन्न विद्यार्थी संगठनहरूले विरोध गरिरहँदा यसअघि नै आईओईले प्रवेश परीक्षा स्थगित हुने बताएको थियो । विद्यार्थीहरूले यहाँ क्लिक गरी प्रवेश परीक्षा सम्बन्धी सूचना हेर्न सक्ने छन् ।

 

पछिल्लो अध्यावधिक: भदौ २०, २०८० ११:३९