आईओई बीई र बीआर्क इन्ट्रान्सको तालिका सार्वजनिक, फाराम ३ असारमा खुल्ने, परीक्षा २८ असारदेखि
जेठ २५, २०८३ ९:४६
काठमाडौं । त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले शैक्षिक वर्ष २०८३/८४ का लागि स्नातक तह (BE/B.Arch) को प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको छ । संस्थान अन्तर्गतका आङ्गिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरूमा विभिन्न कार्यक्रमहरूमा विद्यार्थी भर्नाका लागि यो परीक्षा सञ्चालन गर्न लागिएको हो ।
प्रवेश परीक्षा बोर्डको सूचना अनुसार यस वर्षको प्रवेश परीक्षा सूचना प्रविधिको आधारमा कम्प्युटर विधिमार्फत सञ्चालन हुनेछ । परीक्षाका लागि आवेदन फाराम आगामी ३ असार २०८३ देखि खुल्नेछ । इच्छुक विद्यार्थीहरूले इन्जिनियरिङ अध्ययन संस्थानको आधिकारिक वेबसाइट https://entrance.ioe.edu.np मार्फत अनलाइन फाराम भर्न सक्नेछन् ।
सूचनामा उल्लेख भए अनुसार प्रवेश परीक्षा २८ असार २०८३ देखि सञ्चालन हुने तय भएको छ । परीक्षा सम्बन्धी अन्य विस्तृत जानकारीहरू २ असार २०८३ को गोरखापत्र दैनिकमा प्रकाशन गरिने र सोही मितिदेखि संस्थानको वेबसाइटमा पनि उपलब्ध गराइने छ ।
सोही अनुसार इन्जिनियरिङ र आर्किटेक्चर विषयमा स्नातक अध्ययन गर्न चाहने विद्यार्थीहरूले तोकिएको समयभित्रै अनलाइन फाराम भर्नुपर्नेछ ।
पछिल्लो अध्यावधिक: जेठ २५, २०८३ ९:४६
