close

शनिवार राजधानीमा एआई, डेटा साइन्स र साइबर सेक्युरिटी सम्बन्धी कार्यक्रम हुँदै

टेकपाना टेकपाना

भदौ २१, २०८० १९:०

शनिवार राजधानीमा एआई, डेटा साइन्स र साइबर सेक्युरिटी सम्बन्धी कार्यक्रम हुँदै

काठमाडौं । काठमाडौं बिजनेस क्याम्पस (केबीसी)ले ‘टेक ट्रेण्डस् २०२३’ सिम्फोसियम आयोजना गर्ने भएको छ । आउँदो शनिवार बनस्थली, बालाजुमा स्थित क्याम्पस परिसरमा उक्त कार्यक्रम आयोजना गर्ने भएको हो । 

सिम्फोसियममा आईटी क्षेत्रका इनोभेटिभ ट्रेन्डको बारेमा विज्ञहरूको प्रस्तुति र अन्तर्क्रिया हुनेछ । त्यसक्रममा पछिल्लो समयमा चर्चित आर्टिफिसियल इन्टेलिजेन्स-एआई, डेटा साइन्स र साइबर सेक्युरिटी विषयमा बृहत् छलफल हुने क्याम्पसका प्रिन्सिपल नरेशप्रसाद श्रेष्ठले जानकारी दिए ।

‘इमर्जिङ ट्रेन्ड्स इन आईसीटीः अवसर र चुनौतीहरू’ विषयमा कि–नोट स्पिकरको रूपमा माइक्रोसफ्टको एआई (कोपाइलट) र माइक्रोसफ्ट टिम्स यूसीका प्रिन्सिपल सोलुसन्स आर्किटेक्ट समिर थापाको प्रस्तुति रहनेछ । थापाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का बारेमा विशेष सामग्री प्रस्तुत गर्ने बताइएको छ । त्यस्तै साइबर सेक्युरिटीको विषयमा युनिभर्सिटी अफ टोरोन्टो, क्यानाडाका विज्ञ डा. डिल्ली शर्माको प्रस्तुति रहनेछ ।

सिम्फोसियम मार्फत विद्यार्थीले आफूलाई कुन विषयमा जाँदा सक्षम र गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिन्छ भन्ने बारेमा बुझ्ने मौका पाउनेछन् । कार्यक्रममा विषय विज्ञमार्फत अहिले बजार व्यवस्थापन कतातिर जाँदैछ, के हुँदैछ भन्ने कुरामा पनि स्पष्ट हुन सकिनेछ ।

काठमाडौं बिजनेस क्याम्पसमा यसै वर्षदेखि एआई, डेटा साइन्स र साइबर सेक्युरिटी विषयलाई तेस्रो सेमेष्टरबाट नै सुरु गर्ने तयारी छ ।

पछिल्लो अध्यावधिक: भदौ २३, २०८० १२:२९