close

‘सुपर कृषक’ एपमा नयाँ फिचर, फोटो हेरेकै भरमा ७०० बढी रोग पत्ता लगाइदिने

टेकपाना टेकपाना

भदौ २९, २०८० ११:२०

‘सुपर कृषक’ एपमा नयाँ फिचर, फोटो हेरेकै भरमा ७०० बढी रोग पत्ता लगाइदिने

काठमाडौं । कृषकका लागि तयार पारिएको ‘सुपर कृषक’ मा विभिन्न फिचर थपिएका छन् । घाम पावर नेपालले तयार पारेको सो एपमा एआई (आर्टिफिसियल इन्टेलिजेन्स) इन्ट्रिगेट गरी कृषि डाक्टर, कृषि चिना लगायतका फिचर थप गरिएको हो ।

कम्पनीका अनुसार यसमा भएको कृषि डाक्टर एउटा एआईमा आधारित टुल हो । यसले ५३ भन्दा बढी बालीको फोटोलाई विश्लेषण गरी सात सयभन्दा बढी रोगहरू पहिचान गर्नसक्ने बताइएकाे छ ।

त्यस्तै यसमा कृषि चिना नामको फिचर पनि समावेश गरिएको छ । यो स्याटलाइटमा आधारित यस्तो टुल हो, जसले कृषकको क्षेत्रको अवस्थालाई विश्लेषण गरी बाली व्यवस्थापन जस्तै बालीको स्वास्थ्य, मल तथा सिँचाइबारे सुझाव दिनेछ ।

यसैगरी सुपर कृषक एपमा 'जाचौं' नामको टुल पनि राखिएको छ । यो टुलको सहायताले कृषकले माटो परीक्षण गर्न सक्छन् । लोसेनमा आधारित यो टुलले कृषि क्षेत्र र मौसम विश्लेषण गरी उपयुक्त बाली सुझाव दिन्छ ।

साथै एपमा एआईमा आधारित च्याटबट पनि उपलब्ध छ । मानव शैलीमा कुरा गर्ने यो टुलको सहायताले प्रयोगकर्ताले वास्तविक समयमा खाद्यान्नको बजार मूल्य, मौसमसम्बन्धी जानकारी र मौसम अनुसार के गर्दा राम्रो हुन्छ भन्ने सुझाव दिने कम्पनीले जनाएको छ ।

कृषकहरुलाई विभिन्न किसिमको तालिम दिन एपमा 'सिकौँ' नामको फिचर दिइएको छ । यो त्यस्तो फिचर हो, जसले कृषकलाई कृषिबारे ५० भन्दा बढी शीर्षकको जानकारी दिन्छ । यो एक किसिमको अनलाइन लर्निङ टुल पनि हो ।

कृषकलाई कृषिसम्बन्धी विभिन्न अध्ययन सामग्री, विश्वव्यापी रूपमा भइरहेका कृषिसम्बन्धी कामका लेख उपलब्ध गराउन 'पढौं' फिचर समावेश गरिएको छ ।

कम्पनीका अनुसार यस टुलको सहायताले प्रयोगकर्ताले कृषिसम्बन्धी मल्टिमिडिया सामग्री पढ्न, हेर्न र सुन्न पाउनेछन् । ​​

एन्ड्रोइड प्रयोगकर्ताले यहाँ क्लिक गरी सुपर कृषक एप इन्स्टल गर्न सक्नेछन् । 

पछिल्लो अध्यावधिक: भदौ २९, २०८० १४:१६