close

फोटोशपमा नेपाली अक्षर टाइप गर्दा फाट्टियो ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

चैत १४, २०८० १६:४३

फोटोशपमा नेपाली अक्षर टाइप गर्दा फाट्टियो ? यसो गर्नुहोस्

काठमाडौं । फोटोशपमा देवनागरी फन्ट टाइप गर्दा कतिपय प्रयोगकर्ताको डिभाइसमा प्रष्ट टाइप हुन्छ । तर, कतिपय डिभाइस (फोटोशपको भर्सन)मा भने अक्षरहरू फाट्टिएर टाइप हुने समस्या हुन्छ । उदाहरणका लागि ‘प्रोग्राम’ टाइप गर्नुभयो भने ‘प् रो ग् रा म’ टाइप हुन्छ ।

जसरी टाइप हुनुपर्ने हाे, त्यस्तो शब्द टाइप नभइदिंदा प्रयोगकर्ताले आफूलाई मन परेको देवनागरी फन्ट प्रयोग गर्न पाएका हुँदैनन् । ​फोटोशपमा डिफल्ट राखिने टेक्स्ट इन्जिन अप्सनका कारण यस्तो समस्या आएको हुन्छ ।

आज हामी यो समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिंदैछौं:

-सबैभन्दा पहिले आफ्नो कम्प्युटरमा फोटोशप खोल्नुहोस् । 

-अनि, Ctrl+k  कि थिचेर प्रिफ्रेन्सेसमा जानुहोस् । 

- त्यसपछि दायाँपट्टि भएको टाइपको अप्सनमा जानुहोस् ।

- र यति गरिसकेपछि ‘Choose Text Engine Option’ देखिन्छ । 

- त्यसमा डिफल्ट रूपमा ‘वर्ल्ड रेडी लेआउट’ (World-Ready Layout) को अप्सन छान्नुहोस् ।

 

- अनि ओके बटन क्लिक गर्नुहोस् । 

यति गरेपछि फोटोशप बन्द गर्नुहोस् र पुनः ओपन गरेर त्यसमा युनिकोड देवनागरी टाइप गर्नुहोस् । त्यसपछि भने शब्द फाट्टिएर आउने समस्या हट्छ ।

पछिल्लो अध्यावधिक: चैत १४, २०८० १६:४३