close

ह्याक हुनबाट जोगाउन तुरुन्तै अपडेट गर्नुहोस् आफ्नो विन्डोज कम्प्युटर

टेकपाना टेकपाना

चैत २९, २०८० १४:२

ह्याक हुनबाट जोगाउन तुरुन्तै अपडेट गर्नुहोस् आफ्नो विन्डोज कम्प्युटर

काठमाडौं । तपाईंले आफ्नो पीसीलाई तुरुन्तै अपडेट गर्नुपर्ने भएको छ । यसअघिको विन्डोज भर्सनमा यस्ता कमजोरी फेला परेका छन्, जसको सहायताले ह्याकरले सहजै तपाईंको कम्प्युटर आफ्नो कब्जामा लिन सक्छन् ।  

लाइफ ह्याकर’ नामक प्लेटफर्मका अनुसार माइक्रोसफ्टमा त्यस्ता १४९ ओटा सुरक्षा कमजोरी फेला परेका थिए । त्यसमध्ये पनि दुई ओटा ‘जेरो-डेज’ कमजोरी फेला परेका थिए । 

जेरो-डेज भलनेराबिलिटिज (कमजोरी) भनेको यस्तो सुरक्षा कमजोरी हो, जहाँ डेभलपरले सुरक्षा कमजोरी सुधार्नुअघि नै ह्याकर वा आक्रमणकारीले एक्सप्लोइट (दुरुपयोग) गरिसक्छन् ।

२०२४ अप्रिलको अपडेटमा भने कम्पनीले यी सुरक्षा कमजोरीलाई समाधान गरेको छ । अर्थात् तपाईंले नयाँ अपडेट इन्स्टल गर्नुभएको छैन भने तपाईंको कम्प्युटर ह्याक हुने उच्च जोखिममा छ । 

सीभीई-२०२४-२६२३४ का रूपमा ट्रयाक भएको जेरो-डे प्रोक्सी ड्राइभर स्पुफिङ भल्नेराबिलिटी हो । माइक्रोसफ्टले भने यस सुरक्षा कमजोरीका बारेमा त्यति जानकारी नदिएको साइबर सेक्युरिटी फर्म सोफोसले जनाएको छ ।

साइबर सेक्युरिटी फर्म सोफोसका अनुसार त्यहाँ ‘प्रोक्सी ड्राइभर’ भनिने सफ्टवेयरको टुक्रामा समस्या देखिएको छ । यसले कम्प्युटरहरूलाई एक-अर्कासँग सुरक्षित रूपमा कुरा गर्न मद्दत गर्छ ।

ह्याकरले यो सफ्टवेयरको कमजोरीलाई सिस्टममा प्रवेश गर्ने तरिकाका रूपमा फेला पारे । र, माइक्रोसफ्टले यसलाई ठीक गर्न प्रयास गरिरहेको बताइएको छ ।

सोफोसले एउटा शङ्कास्पद फाइल फेला पारेको छ र यो त्यस्तो कम्पनीसँग जोडिएको जस्तो देखिएको छ, जसले स्मार्टफोनहरू नियन्त्रण गर्न सफ्टवेयर बनाउने काम गर्छ । विश्लेषकका अनुसार यो सन्दिग्ध फाइल तपाईंको कम्प्युटरमा गोप्य ढोका जस्तै हो, र यसले ह्याकरलाई तपाईंको इन्टरनेट कनेक्सनभित्र र बाहिर जाने कुरा नियन्त्रण गर्न दिन्छ । 

त्यस्तै अर्को जेरो डेज भल्नेराबिलिटी स्मार्ट स्क्रिन नामक सेक्युरिटी फिचरसँग जोडिएको छ । यस फिचरले खराब फाइलबाट कम्प्युटरलाई सुरक्षित राख्न मद्दत गर्ने अपेक्षा गरिएको थियो । तर ह्याकरले यस्तो तरिका फेला पारेका छन्, जसले सिस्टमलाई झुक्याएर तपाईंको कम्प्युटरमा खराब फाइल डाउनलोड गर्न सक्छन् । यस्तो फाइल डाउनलोड गर्दा तपाईंको कम्प्युटरले कुनै किसिमको वार्निङ (चेतावनी) दिंदैन । 

त्यसैले यस्ता समस्या समाधान गर्नका लागि तपाईंले आफ्नो विन्डोज कम्प्युटर चाँडोभन्दा चाँडो अपडेट गर्नुपर्ने हुन्छ । यस किसिमको सुरक्षा कमजोरीबाट तपाईंको संवेदनशील जानकारी ह्याकरको पहुँचमा पुग्ने बताइएको छ । तर, ह्याकरले यही सुरक्षा कमजोरी प्रयोग गरेर संवेदनशील जानकारी चोरी गरेको प्रमाण बाहिरिएको छैन । यद्यपि तपाईंले आफ्नो कम्प्युटर अपडेट गर्दा झनै सुरक्षित हुन्छ । 

कसरी अपडेट गर्ने विन्डोज ?

- सबैभन्दा पहिले सेटिङमा जानुहोस् । 

- त्यसपछि ‘विन्डोज अपडेट’को अप्सनमा जानुहोस् । (विन्डोज ११) को हकमा यो तरिका अपाउनुहोस्) 

(विन्डोज १० मा सेटिङमा गएपछि अपडेट एन्ड सेक्युरिटीमा गइ विन्डोज अपडेटको अप्सन छान्नुप्रने हुन्छ ।) 

यसरी अपडेट चेक गरेपछि त्यसलाई इन्स्टल गर्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: चैत २९, २०८० १४:२