close

टेलिकमले ल्यायो सस्ता डेटा प्याक, ३९९ मा १३ जीबी डेटा, फोरजी एक्टिभ गर्दा ३ जीबी निःशुल्क

टेकपाना टेकपाना

चैत ३०, २०८० १४:१८

टेलिकमले ल्यायो सस्ता डेटा प्याक, ३९९ मा १३ जीबी डेटा, फोरजी एक्टिभ गर्दा ३ जीबी निःशुल्क

काठमाडौं । नेपाल टेलिकमले स्प्रिङ अफर २०८० अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधा ल्याएको छ । कम्पनीले शुक्रबार (३० चैत) देखि लागु हुनेगरी ३९९ रुपैयाँमै २८ दिनसम्म प्रयोग गर्न मिल्ने १३ जीबी डेटासहित विभिन्न आकर्षक प्याकेज सहितको अफर सार्वजनिक गरेको हो ।

नयाँ डेटा प्याकेज अन्तर्गत २४ रुपैयाँमा एक घण्टाका लागि वन आवर भ्वाइस एन्ड डेटा प्याकेज उपलब्ध हुनेछ । सो प्याकेज खरिद गरेमा एक घण्टासम्म कम्पनीकै नेटवर्कमा (अन–नेट) अनलिमिटेड कल गर्न र डेटा चलाउन सकिन्छ ।

त्यसैगरी २० रुपैयाँमा एक दिनका लागि ६०० एमबी डे डेटा प्याक र ८० रुपैयाँमा तीन दिनसम्म चलाउन सकिने तथा १०९ रुपैयाँमा सात दिनसम्म चलाउन सकिने तीन जीबी डेटा प्याक उपलब्ध हुनेछ । त्यस्तै टेलिकमका ग्राहकले ३५ रुपैयाँमा दुई घण्टासम्म प्रयोग गर्न सकिने टु आवर अनलिमिटेड डेटा प्याक पनि लिन पाउनेछन् ।

अफर अन्तर्गत कम्पनीले विभिन्न सुविधा सहितका नयाँ भ्वाइस प्याकेज समेत सुरु गरेको छ । जसअन्तर्गत १८ रुपैयाँमा एक दिनसम्म सबै नेटवर्कमा २५ मिनेट कल गर्न सकिने अल नेट अल टाइम भ्वाइस प्याक उपलब्ध छ । नयाँ भ्वाइस प्याकेज अन्तर्गत सबै नेटवर्कमा प्रयोग गर्न सकिने १०१ मिनेट, १५० मिनेट र ५३५ मिनेट भ्वाइस प्याक उपलब्ध गराइएको छ भने ३५ दिनसम्म जुनसुकै समय र जुुनसुकै नेटवर्कमा प्रयोग गर्न मिल्ने १४०० मिनेट अल नेट भ्वाइस प्याक ५९९ मा उपलब्ध हुनेछ ।

यी बाहेक विभिन्न दरका डेटा र एसएमएस प्याक समेत उपलब्ध छन् । प्रिपेड तथा पोस्टपेडमा उपलब्ध सजिलो अनलिमिटेड प्याकहरू समेत परिमार्जन गरिएको कम्पनीले जनाएको छ । साथै नयाँ प्याकेजको रूपमा सजिलो एक्जिक्युटिभ प्याक पनि सञ्चालनमा ल्याइएको छ । जीएसएम टुजी वा थ्रिजी सिम प्रयोगकर्तालाई फोरजी प्रयोग गर्न प्रोत्साहित गर्ने उद्देश्यका साथ कम्पनीले नयाँ आकर्षक अफर उपलब्ध गाउनेछ । यसरी टुजी वा थ्रीजी प्रयोगकर्ताले आफ्नो सिमलाई फोरजीमा एक्टिभेट गरेमा तीन जीबी डेटा, १०० मिनेट भोल्टे भ्वाइस कल र ५० अन–नेट एसएमएस सुविधा उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: चैत ३०, २०८० १४:१८