close

सम्बन्ध बिग्रिएपछि आफ्नै श्रीमतीको नग्न फोटो/भिडिओ अनलाइनमा पोस्ट गर्ने श्रीमान् पक्राउ

टेकपाना टेकपाना

बैशाख २८, २०८१ १४:२५

सम्बन्ध बिग्रिएपछि आफ्नै श्रीमतीको नग्न फोटो/भिडिओ अनलाइनमा पोस्ट गर्ने श्रीमान् पक्राउ

काठमाडौ । सम्बन्ध बिग्रिएपछि आफ्नै श्रीमतीको नग्न फोटो/भिडिओ अनलाइनमा पोस्ट गर्ने श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर घर भई हाल काठमाडौं जडीबुटी बस्ने २४ वर्षीय युवक रहेका छन् ।

साइबर ब्युरोका अनुसार ती व्यक्ति वैदेशिक रोजगारीमा रहेकी आफ्नी श्रीमतीसँग सामाजिक सञ्जाल ह्वाट्सएपमा कुराकानी गर्थे । त्यसक्रममा श्रीमान्-श्रीमतीबीच गोप्य अङ्ग देखिने तस्वीर/भिडिओ आदानप्रदान समेत हुन्थ्यो ।

आफूहरूबीच सम्बन्ध बिग्रिएपछि श्रीमान्‌ले तिनै फोटो/भिडिओलाई सामाजिक सञ्जालमा नक्कली अकाउन्ट बनाएर स्टोरीमा राख्न थाले । ​त्यतिमात्र नभएर श्रीमतीका साथीहरूले प्रयोग गर्ने सामाजिक सञ्जालहरूमा समेत पठाए ।

त्यसरी कोही कसैले अनलाइनमार्फत चरित्रहत्या गर्ने कार्य गरिरहेको भन्दै पीडितकी दिदीले साइबर ब्युरोमा उजुरी दिएकी थिइन् । उजुरी उपर अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा पीडितकै श्रीमान् उक्त कार्यमा संलग्न रहेकाे खुलेकाे ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए ।

बिहीवार पक्राउ परेका ती व्यक्तिमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उनले जनाए ।

पछिल्लो अध्यावधिक: बैशाख २८, २०८१ १४:५१