close

ल्यापटप र फोनमा कसरी हेर्ने विश्वकप क्रिकेटको लाइभ ?

टेकपाना टेकपाना

जेठ २२, २०८१ १६:१

ल्यापटप र फोनमा कसरी हेर्ने विश्वकप क्रिकेटको लाइभ ?

काठमाडौं । आईसीसी मेन्स टी–२० विश्वकप २०२४ मा आज मङ्गलबार नेपाल नेदरल्यान्ड्ससँग भिड्दै छ । अमेरिका र वेस्टइन्डिजमा हुने उक्त प्रतियोगिताको प्रत्यक्ष प्रसारण  अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले आफ्नो आधिकारिक वेब टिभीमार्फत निःशुल्क रूपमा उपलब्ध गराउने छ । यसअन्तर्गत आईसीसीको आधिकारिक वेब पेज अथवा मोबाइल एपमा उपलब्ध टिभीमार्फत खेलको प्रत्यक्ष प्रसारण हेर्न सकिन्छ । 

स्मार्टफोन वा ल्यापटपमा विश्वकप लाइभ हेर्ने तरिका

  • सबैभन्दा पहिले यहाँ क्लिक गरेर आईसीसीको एप इन्स्टल गर्नुहोस् । (तपाईंसँग एन्ड्रोइड वा आईओएस जुन डिभाइस भए पनि यो क्लिक गर्दा सम्बन्धित एप स्टोरमा पुग्नु हुनेछ, यदि कम्युटर वा ल्यापटपबाट हो भने आईसीसीको वेब पेज खुल्नेछ ।)  

  • त्यसपछि एप खोल्नुहोस् अनि होमपेजमा जानुहोस् र त्यहाँ देखिएको नेक्स्टको बटनमा ट्याप गर्नुहोस् । (वा सोझै माथि दायाँपट्टि रहेको स्किपको बटनमा ट्याप गर्नुहोस् ।)

  • पहिला जसरी नै अरू नेक्स्टको बटन ट्याप गर्दै जानुहोस् । र, अन्तिममा देखिने ‘साइन इन अर रजिस्टर’ (Sign in or Register) बटनमा ट्याप गर्नुहोस् । आवश्यक विवरण राखेर अकाउन्ट खोल्नुहोस् ।

  • यति गरेपछि लगइन पेज खुल्छ । यदि तपाईंसँग पहिले नै अकाउन्ट छ भने सोझै ईमेल एड्रेस र पासवर्ड राख्नुहोस् ।  यदि फेसबुक वा गुगल अकाउन्टबाट खोल्नु भएको छ भने तलपट्टि देखिएका फेसबुक र गुगलको अप्सनमा ट्याप गर्नुहोस् । 

  • फेसबुक वा गुगल अकाउन्टको अप्सन छान्दा तपाईंले पहिला जुन अकाउन्ट प्रयोग गर्नुभएको थियो त्यही अकाउन्ट छान्नुहोस् । त्यसपछि उक्त पेजको होमपेज खुल्छ । 

त्यसका लागि ईमेल र पासवर्ड तयार पारेर लगइन गर्ने एउटा सुविधा छ भने सोझै गुगल वा फेसबुक अकाउन्टबाट लगइन गर्ने अर्को सुविधा छ । यदि तपाईं आफ्नो गुगल र फेसबुक अकाउन्ट प्रयोग गर्न चाहनुहुन्छ भने तलको प्रक्रिया अपनाउनुहोस् । हामी यहाँ गुगल अकाउन्टबाट लगइन गर्ने तरिकाको चर्चा गर्दैछौं ।

  • सबैभन्दा पहिला माथि भनिएको जस्तै गरी लगइन पेजमा जानुहोस् ।

 

  • त्यसपछि तलपट्टि देखिएको गुगलको अप्सनमा ट्याप गर्नुहोस् ।

 

  • अनि आफूले लिङ्क गर्न चाहेको गुगल अकाउन्ट छान्नुहोस् । 

  • यति गरेपछि तपाईंको गुगल अकाउन्टमा भएको नाम अनुसार नाम र थप आफै भरिन्छ । 

  • त्यसपछि तल दुई ओटा बक्स देख्न सकिन्छ । त्यसमध्ये माथिको अप्सनमा टिक नलाएपनि हुन्छ । तलको अप्सनमा ट्याप गरे पुग्छ ।

  • र, अन्तिममा ‘क्रियट अकाउन्ट’ (Create Account) को बटनमा ट्याप गर्नुहोस् । यति गरेपछि तपाईंको अकाउन्ट बन्छ । 

यदि त्यसरी अकाउन्ट खोल्न मन छैन भने म्यानुअल्ली पनि अकाउन्ट बनाउन सकिन्छ । त्यसका लागि माथि भनिए जस्तै लगइन पेजमा जानुहोस् । त्यसपछि तलपट्टि देखिएको ‘साइनअप’ (Signup) को अप्सनमा ट्याप गर्नुहोस् । 

  • यति गरेपछि त्यहाँ खुल्ने नयाँ पेजमा आफ्नो नाम, थर र ईमेल एड्रेस राख्नहोस् अनि ‘सेन्ड भेरिफिकेसन कोड’ (Send verification code) को बटनमा ट्याप गर्नुहोस् । 

  • त्यति गरेपछि तपाईंले पहिले राखेको ईमेल एड्रेसमा कोड आउँछ । ईमेलमा आएको कोड उक्त पेजमा राख्नुुहोस् । र, भेरिफाई कोडको बटन ट्याप गर्नुहोस् । 

  • यति भएपछि तपाईंको ईमेल भेरिफाइड हुन्छ । भेरिफाइड भइसकेपछि देशको नाम, पासवर्ड राखेर अन्तिममा रहेको ‘क्रियट अकाउन्ट’ को बटनमा ट्याप गर्नुहोस् । 

  • त्यसपछि आफूले राखेको ईमेल एड्रेस र पासवर्ड राखेर लगइन गर्नुहोस् । अनि त्यहाँ देखाइएका मध्ये आफूले चाहेको म्याच हेर्नुहोस् ।

पछिल्लो अध्यावधिक: जेठ २२, २०८१ १६:१