काठमाडौं । फोनमा कुराकानी गर्ने क्रममा गल्तीले आफ्नो काखीमुनि पानी तताउने विद्युतीय रड (इलेक्ट्रिक हिटर) राख्दा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । यो घटना गत आइतवार भारतको तेलङ्गानाको खम्मम भन्ने ठाउँमा भएको हो ।
मृत्यु हुनेमा खम्मममा अवस्थित हनुमान मन्दिर नजिकै बस्ने ४० वर्षीय डोनेपुडी महेश बाबु रहेको भारतीय सञ्चारमाध्यम इन्डिया टुडेले जनाएको छ ।
महेश बाबु आफ्नो घरपालुवा कुकुरलाई नुहाउने तयारी गर्दै थिए र पानी तताउन विद्युतीय रड प्रयोग गर्न लागेका थिए । त्यही बेला फोन आयो । उनले फोन उठाएर कुरा गर्न थाले, र गल्तीले रडलाई पानीको बाल्टीमा हाल्नुपर्ने ठाउँमा आफ्नो काखीमुनि राखेर अन गरे ।
यसका कारण महेश बाबुलाई तत्कालै करेन्ट लाग्यो र बेहोस भएर ढले । उनलाई श्रीमती दुर्गादेवीले तत्काल नजिकैको अस्पतालमा पुर्याइन् तर अस्पतालले मृत घोषण गर्यो ।
अहिले विद्युतीय उपकरणको असावधानीपूर्ण प्रयोगका कारण करेन्ट लागेर मृत्यु हुने घटना बढिरहेका छन् । यस्ता घटनाबाट बच्न निम्न सतर्कता अपनाउनुहोस्:
-ओसिलो हातले विद्युतीय सामग्री नचलाउनुहोस् ।
-बिग्रन लागेका वा क्षति पुगेका विद्युतीय उपकरण कहिल्यै प्रयोग नगर्नुहोस ।
-विद्युतीय केबल भएको ठाउँहरू सुक्खा राख्नुहोस् । सकेसम्म पानी नपार्नुहोस्