close

इन्टरनेट सेवा प्रदायक क्लासिक टेक किन्दै एनसेल

टेकपाना टेकपाना

असोज ३, २०८१ १५:४८

इन्टरनेट सेवा प्रदायक क्लासिक टेक किन्दै एनसेल

काठमाडौं । निजी मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक खरिद गर्ने भएको छ । क्लासिक टेकको सम्पूर्ण स्वामित्व खरिद गर्ने दिशामा एनसेल अघि बढेको हो । 

स्रोतका अनुसार खरिद सम्झौता भने टुङ्गिन बाँकी छ । “तर कुराकानी सकारात्मक रूपमा अघि बढेको छ,” यो मामिलासँग नजिक रहेका एक अधिकारीले भने ।

यदि क्लासिक टेक खरिद प्रक्रिया टुङ्गोमा पुगेको खण्डमा यो एनसेलको नयाँ सेवा अन्तर्गत पर्नेछ । किनकि एनसेलले अहिलेसम्म फिक्स्ड लाइन इन्टरनेट सेवा घरपरिवार स्तरमा उपलब्ध गराएको छैन । 

नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार बजार हिस्साको आधारमा क्लासिक टेक नेपालको छैटौं ठूलो इन्टरनेट सेवाप्रदायक हो । एक लाख ६३ हजार १६० ग्राहक रहेको कम्पनीले नेपाली इन्टरनेट बजारमा ५.७९ प्रतिशत हिस्सा ओगट्छ । 

 

पछिल्लो अध्यावधिक: असोज ४, २०८१ १३:५३