close

१२ हजार मूल्यमै १२० हर्ज रिफ्रेस रेट भएको टेक्नो स्मार्टफोन नेपाली बजारमा

टेकपाना टेकपाना

असोज १८, २०८१ १०:१८

१२ हजार मूल्यमै १२० हर्ज रिफ्रेस रेट भएको टेक्नो स्मार्टफोन नेपाली बजारमा

काठमाडौं । नेपाली बजारमा टेक्नो ब्राण्डको मिडरेन्ज स्मार्टफोन 'स्पार्क गो- वन' (Tecno Spark Go 1) भित्रिएको छ । कम्पनीले 'सुपरस्टार' उपमा दिँदै यो फोनका तीन भेरियन्ट बजारमा उपलब्ध गराएको हो ।

ब्ल्याक, ग्लिटरी ह्वाइट र लाइम ग्रिन कलर अप्सनमा पाउन सकिने फोनमा ६.६७ इन्चको डिस्प्ले प्राप्त गर्न सकिन्छ, जसमा १२० हर्जसम्म रिफ्रेस रेट रहेको कम्पनीको दाबी छ । त्यस्तै २६३ पीपीआई र ४८० निट्ससम्मको ब्राइटनेस प्राप्त गर्न सकिन्छ ।

फ्ल्याट बडी शेपमा डिजाइन गरिएको यो फोन ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा र १३ मेगापिक्सलको मुख्य क्यामेरा रहेको छ । फ्रन्ट क्यामेरामा डुअल कलर टेम्प्रेचर फ्ल्याश, एआई क्याम, ब्युटी मोड, पोट्रेट, टाइम ल्याप्स, डुअल भिडिओ, १०८० पी भिडिओ रेकर्डिङ लगायतका विशेषता रहेका छन् । यस्तै मुख्य क्यामरामा फोर एक्स डिजिटल जुम र शर्ट भिडिओ लगायतका फिचर छन् ।

फोनमा १५ वाट फास्ट चार्जिङ सपोर्ट सहित ५००० एमएएचको ब्याट्री रहेको छ । यसमा युनिसक टी६१५ प्रोसेसर राखिएको छ । 

र्‍यामको सन्दर्भमा ग्राहकले ३ जीबी र ४ जीबीको अप्सन प्राप्त गर्न सक्छन् । ४ जीबी र्‍याम भेरियन्टमा ६४ वा १२८ जीबी इन्टर्नल स्टोरेजको अप्सन रहेको छ । ​

तीन भेरियन्टमध्ये ३ जीबी र्‍याम प्लस ६४ जीबी इन्टर्नल स्टोरेज भेरियन्ट ११ हजार ९९० रुपैयाँ मूल्य तिरेर खरिद गर्न सकिने छ । यस्तै ४+६४ जीबी भेरियन्टलाई १२ हजार ६९० रुपैयाँ र ४+१२८ जीबी भेरियन्टलाई १३ हजार ९९० रुपैयाँ मूल्य तोकिएको छ ।

पछिल्लो अध्यावधिक: असोज १८, २०८१ १०:३२