close

एनसेलले ल्यायो ३० दिनमा आफै रिन्यु हुने सधैँ अन प्याक, बचेको भ्वाइस, डेटा र टक टाइम खेर नजाने

टेकपाना टेकपाना

फागुन १३, २०८१ ११:३३

एनसेलले ल्यायो ३० दिनमा आफै रिन्यु हुने सधैँ अन प्याक, बचेको भ्वाइस, डेटा र टक टाइम खेर नजाने

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नयाँ प्रिपेड सेवा ‘सधैँ अन रिन्युअल प्याक’ सञ्चालनमा ल्याएको छ । कम्पनीले ग्राहकहरूलाई सहज, सुलभ प्याकहरूका साथ सेवा उपलब्ध गराउने उद्देश्यका साथ यो प्याक सार्वजनिक गरेको हो ।

'सधैँ अन' प्याकको सफलतापछि सञ्चालनमा ल्याइएका रिन्युअल प्याकहरूमार्फत कम्पनीका ग्राहकहरूले महिनाभरका लागि आफ्नो बजेट अनुसार विभिन्न अनलिमिटेड सेवा लिन सक्छन् । यसको उद्देश्य तुलनात्मक रूपमा महँगो पर्ने 'पे एज यु गो' र बारम्बार लिनुपर्ने स–साना प्याकहरूमाथिको निर्भरता हटाएर सधैँ अन अर्थात् कनेक्टेड रहन सक्षम बनाउनु हो ।

यी प्याकहरूको मुख्य विशेषता भनेकै प्रयोग हुन बाँकी डेटा, टक टाइम र एसएमएस खेर नजानु हो । यसको अर्थ तपाईँले खरिद गरेको प्याकको बाँकी भोलुम (डेटा, भ्वाइस र एसएमएस) अर्को महिना उपलब्ध हुने सेवा सुविधामा थप हुन्छ । एनसेल एपमार्फत वा *123*9# डायल गरेर सजिलै यी प्याक लिन सकिन्छ । यसका साथै नजिकको एनसेल रिटेलर स्टोर तथा प्वाइन्ट अफ सेल्समा गएर पनि खरिद गर्न सकिन्छ ।

सधैँ अन रिन्युअल प्याक हरेक महिना अर्थात् प्रत्येक ३० दिनमा नवीकरण हुने गर्छन् । जसमा साधारण सधैँ अन प्याकको (२८ दिन) को तुलनामा थप दुई दिन बढीको समयावधि रहेको छ । यी प्याकहरूमा अनलिमिटेड युट्युब भिडियो स्ट्रिमिङ र रातको समयमा इन्टरनेट ब्राउजिङ तथा विभिन्न सामग्रीहरू डाउनलोड गर्न अनलिमिटेड नाइट डेटाको सुविधा रहेको छ ।

केही प्याकहरूमा महिनाभर अनलिमिटेड कल गर्न मिल्ने अल नेपाल टक टाइमको सुविधा पनि छ । एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले उच्च गतिको इन्टरनेट र निरन्तर सेवाको बढ्दो मागलाई पूरा गर्ने उद्देश्यका साथ सधैँ अन रिन्युअल प्याकहरू डिजाइन गरिएको बताए । "यी प्याकहरूले अत्यन्तै सुलभ मूल्यमा अनलिमिटेड कल, सहज तथा निरन्तर रूपमा डेटाको पहुँच प्रदान गर्दछन्," उनले भने, "जसले ग्राहकहरूलाई निर्धक्क भएर बिना कुनै अतिरिक्त शुल्कको चिन्ता सेवा लिन, विभिन्न जानकारीमा आफ्नो पहुँच सुनिश्चित गर्न र डिजिटल सामग्रीहरूबाट फाइदा उठाउन मद्दत पुर्‍याउँछ ।"

फोनमार्फत भिडिओ स्ट्रिमिङ, सोसल मिडिया तथा मेसेजिङ, रिमोट वर्क आदिका लागि ग्राहकले आफ्नो बजेट अनुसार उपभोक्तामैत्री शुल्कमा पूरा महिना डिजिटल अनुभव लिएर सधैँ अन रहन यी प्याकहरूले मद्दत गर्ने कम्पनीले जनाएको छ ।

एनसेलले रिन्युअल अर्थात् नवीकरण अप्रत्याशित नलागोस् भनेर प्याक खरिदको प्रक्रियालाई ध्यानपूर्वक डिजाइन गरिएको जनाएको छ । जसले गर्दा ग्राहकहरूले रिन्युअलको समय तथा मितिबारे अग्रिम जानकारी पाउँनेछन् । साथै, नवीकरण समय आउनु अघि नै ग्राहकहरूलाई नियमित रूपमा प्याकहरू खरिद गर्ने विकल्प पनि प्राप्त हुने बताइएको छ ।

यस्ता छन्, रिन्युअल प्याक

१. बेस्ट रिन्यूअल प्याक

प्याकको मूल्यः कर सहित मासिक ३९९, ४९९, र ५९९ रुपैयाँसम्म ।

सुविधाः

- भ्वाइसमा ३९९ देखि ५९९ मिनेटसम्मको अल नेपाल टक टाइम ।

- ८ जीबीदेखि २० जीबीसम्मको डेटा ।

- ३९ देखि ५९ ओटा अल नेपाल एसएमएस

- अनलिमिटेड युट्युब र अनलिमिटेड नाइट डेटा ।

२. अनलिमिटेड प्याक

प्याकको मूल्यः करसहित ७९९, ९९९, वा १,४९९ रुपैयाँ

सुविधाः

- कुनैपनि नेपाली नेटवर्क (एनसेल वा नेपाल टेलिकम) मा कल गर्न सकिने अनलिमिटेड अल नेपाल टक टाइम ।

- अनलिमिटेड युट्युब र अनलिमिटेड नाइट डेटा ।

- प्याकअनुसार ३० जीबीदेखि १०० जीबीसम्मको डेटा र ७९ देखि १४९ ओटा अन नेपाल एसएमएस

३. भ्वाइस तथा डेटा रिन्युअल

मूल्यः १९९ देखि ४४९ रुपैयाँसम्मका भ्वाइस प्याक र २९९ बाट सुरु हुने डेटा प्याक ।

सुविधाः प्याक अनुसार डेटा र भ्वाइस कल

 

पछिल्लो अध्यावधिक: फागुन १३, २०८१ ११:३३