काठमाडौँ । एनसेलले आफ्नो साप्ताहिक फ्ल्याश सेल्स अफरलाई परिमार्जन गर्दै प्रत्येक शनिबार लोकप्रिय सामाजिक सञ्जालहरूमा २४ घण्टा निःशुल्क अनलिमिटेड पहुँच उपलब्ध गराउने भएको छ ।
यो अफर भोलिदेखि सुरु भई जेठ ३१ गतेसम्म चल्ने कम्पनीले जनाएको छ । शनिबारका दिन मात्र एनसेल एप र एनसेल पसल एपमा उपलब्ध हुने यो डेटा सेवा लक्षित अफर अन्तर्गत ग्राहकले विभिन्न चार ओटा प्याकहरू किन्दा बिना कुनै अतिरिक्त शुल्क किनिएका प्याकका आधारमा अनलिमिटेड टिकटक, अनलिमिटेड फेसबुक, अनलिमिटेड इन्स्टाग्राम वा अनलिमिटेड युट्युब प्रयोग गर्न पाउनेछन् । सोसल मिडियामार्फत गरिने भ्वाइस कल, भिडिओ कल र लाइभ स्ट्रिमिङ सेवा भने उपलब्ध हुनेछैन ।
फ्ल्याश सेल्समा डबल मजा, डेटा रिन्युअल र दुई प्रकारका होम एन्ड अवे रिन्युअलका गरी चार प्याक समावेश छन् ।
यस अफर अन्तर्गत ग्राहकले कर सहित रु. १५० मा डबल मजा प्याक लिँदा ७ दिन समयावधि रहेको ७ जीबी डेटा पाउनेछन् । यसबाहेक एक दिन अर्थात् २४ घन्टासम्म अनलिमिटेड टिकटक चलाउन पाउनेछन् । त्यसैगरी कर सहित रु. २९९ पर्ने डेटा रिन्युअल प्याकमा ग्राहकले २८ दिन समयसीमा रहेको ७ जीबी डेटाका साथै बोनसका रुपमा २४ घन्टासम्म फेसबुकमा अनलिमिडेट पहुँचको फाइदा लिन सक्छन् ।
अन्य दुई होम एन्ड अवे रिन्युअल प्याकमा पनि यो अफर समावेश छन् । रु.५९९ को होम एन्ड अवे रिन्युअल प्याकमा ग्राहकले २८ दिन समयसीमा रहेको ४२ जीबीका अतिरिक्त २४ घन्टाका लागि इन्स्टाग्राममा अनलिमिटेड पहुँच पाउनेछन् । त्यस्तै, रु. ७९९ को होम एन्ड अवे रिन्युअल प्याकमा ग्राहकले २८ दिन समयावधि रहेको ६५ जीबी पाउनेछन् र २४ घन्टाका लागि युट्युबमा अनलिमिटेड पहुँच पाउने कम्पनीले जनाएको छ ।