close

सामसङका ग्राहकलाई 'अपग्रेड टु ग्यालेक्सी' अफर: छुट, एक्सचेन्ज बोनस र ईएमआईको सुविधा

टेकपाना टेकपाना

जेठ १४, २०८३ ११:५९

सामसङका ग्राहकलाई 'अपग्रेड टु ग्यालेक्सी' अफर: छुट, एक्सचेन्ज बोनस र ईएमआईको सुविधा

काठमाडौँ । सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि 'अपग्रेड टु ग्यालेक्सी' अभियान घोषणा गरेको छ । यस अभियानअन्तर्गत ग्राहकहरूले पुराना स्मार्टफोन साटेर नयाँ ग्यालेक्सी सिरिजमा अपग्रेड गर्न सक्नेछन् । यो अफरमा आकर्षक छुट, एक्सचेन्ज बोनस, विशेष टेलिकम अफर र सहज ईएमआई सुविधा समावेश गरिएका छन् ।

यस अभियान अन्तर्गत ग्राहकहरूले शून्य प्रतिशत डाउन पेमेन्टमा २४ महिनासम्मको ईएमआई सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जानकारी गराएको छ । सामसङ नेपालका अनुसार ग्राहकहरूले आफ्ना पुराना केही डिभाइसहरूमा मूल्याङ्कन रकमका अतिरिक्त ८ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन् ।

जसअनुसार ग्यालेक्सी S26 Ultra र S26 मोडेलमा १० हजार रूपैयाँ छुट तथा ८ हजार एक्सचेन्ज बोनस, S26+ मा २३ हजार छुट तथा ८ हजार बोनस र A57 तथा A37 मोडेलमा ५ हजार छुटका साथै ५ हजार रूपैयाँ बोनस प्रदान हुनेछ ।

त्यस्तै, बन्डल अफरअन्तर्गत एनसेलसँगको सहकार्यमा अतिरिक्त डेटा बोनस समेत उपलब्ध हुने कम्पनीले जनाएको छ । S26 सिरिज खरिद गर्ने ग्राहकले ३९९ रुपैयाँको न्यूनतम प्याकमा प्रति रिचार्ज १५ जीबी बोनस डेटा पाउनेछन्, जसअनुसार १२ महिनामा कुल १८० जीबीसम्म डाटा उपलब्ध हुनेछ । यस्तै, A57, A37, A17 र M17 प्रयोगकर्ताका लागि २९९ रूपैयाँको प्याकमा प्रति रिचार्ज १० जीबी बोनससहित १२ महिनामा १२० जीबी डाटा सुविधा रहनेछ ।

यो अफर २७ मेदेखि ३० जुनसम्म देशभरका आधिकारिक सामसङ रिटेल स्टोर तथा साझेदार आउटलेटहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ । ग्राहकहरूले नजिकैको स्टोरमा गएर एक्सचेन्ज, ईएमआई र अन्य सर्तबारे जानकारी लिनसक्ने पनि सामसङ नेपालले जानकारी गराएको छ । 

पछिल्लो अध्यावधिक: जेठ १४, २०८३ १२:१५