close

नयाँ अपडेटपछि पुनः सञ्चालनमा आयो मौसमसम्बन्धी जानकारी दिने सरकारी एप

टेकपाना टेकपाना

असार ३१, २०८३ १२:३४

नयाँ अपडेटपछि पुनः सञ्चालनमा आयो मौसमसम्बन्धी जानकारी दिने सरकारी एप

काठमाडौं । मौसमसम्बन्धी जानकारी दिने नेपालको आधिकारिक एप नयाँ अपडेटसहित पुन: सञ्चालनमा आएको छ । आइतबार प्ले तथा एप स्टोरमा भेटिएको यो एप मङ्गलबार डाउन भएको थियो । एपको नयाँ भर्सन १.०.३ मा भने यसमा भएका त्रुटि सच्याइएको छ । 

यद्यपि एपको इन्टरफेस र अन्य फिचर भने यथावत छन् । एप डाउनलोड गरिसक्नु भएको छ भने सोझै एपबाट वा प्ले वा एपस्टोरमा गई ‘Nepal Weather Official’ एप अपडेट गर्न सकिन्छ ।

जल तथा मौसम विज्ञान विभागले सञ्चालनमा ल्याएको यस एपमा लोकेसनका आधारमा रियल टाइम तापक्रम, वायुको अवस्था (एक्यूआई), आर्द्रता हेर्न सकिन्छ । त्यस्तै एपको होमपेजमै आज, भोलि र पर्सी गरी तीन दिनको मौसम पूर्वानुमानको जानकारी राखिएको छ । त्यसबाहेक खगोलिय जानकारी, जलवायू सूचना आदि पनि समावेश गरिएको छ । 

नेपाली र अङ्ग्रेजी भाषामा प्रयोग गर्न सकिने यस एपमा विभिन्न भूभागको मौसम अवस्था, स्याटलाइट भ्यूमा मौसमको अवस्था, चेतावनी बुलेटिन आदि हेर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असार ३१, २०८३ १२:३७