close

वेबसाइटमा एकाएक चल्न छोड्यो फेसबुक

टेकपाना टेकपाना

साउन ३, २०८३ १३:४८

वेबसाइटमा एकाएक चल्न छोड्यो फेसबुक

काठमाडौं । लोकप्रिय सामाजिक सञ्जाल फेसबुकको डेस्कटप भर्सनमा प्राविधिक समस्या देखिएको छ । आइतबार दिउँसो करिब १ः३५ बजेदेखि एकाएक फेसबुक अकाउन्टहरू लगआउट हुने, लोड नहुने र Account Temporarily Unavailable जस्तो इरर पेज देखिन थालेको हो ।

डाउन डिटेक्टरमा समेत प्रयोगकर्ताले फेसबुक डाउन भएको रिपोर्ट गरेका छन् । जसअनुसार यो समस्या दिउँसो १ः३० बजेदेखि सुरु भएको देखिन्छ । यद्यपि समस्याको यकिन कारण भने स्पष्ट भइसकेको छैन ।

पछिल्लो अध्यावधिक: साउन ३, २०८३ १३:५०