काठमाडौं । एप्पलले जापानमा आफ्ना विभिन्न आईफोन मोडलको मूल्यमा ११ प्रतिशतसम्मको वृद्धि गरेको छ । यो मूल्य वृद्धि विशेषगरी नयाँ आईफोन १७ प्रो म्याक्स, आईफोन १७ प्रो, आईफोन एयर, आईफोन १७ई, आईफोन १७ र आईफोन १६ लगायतका मोडलमा लागू गरिएको हो ।
बाहिरिएका विवरण अनुसार २५६ जीबी स्टोरेज क्षमता भएको आईफोन १७ प्रो म्याक्सको मूल्य १ लाख ९४ हजार ८ सय जापानी येनबाट १० प्रतिशत अर्थात् २० हजार येनले बढेर २ लाख १४ हजार ८ सय येन पुगेको छ । त्यसैगरी, २५६ जीबीकै आईफोन १७ प्रोको मूल्य ८ प्रतिशत (१५ हजार येन) ले बढेर १ लाख ९४ हजार ८ सय येन पुगेको छ भने २५६ जीबीको आईफोन एयरको मूल्य ११ प्रतिशत (१८ हजार येन) ले वृद्धि भई १ लाख ७७ हजार ८ सय येन कायम भएको छ ।
|
मोडेल |
स्टोरेज |
पुरानो मूल्य |
नयाँ मूल्य |
मूल्य वृद्धि |
प्रतिशत वृद्धि |
|
आइफोन १७ प्रो म्याक्स |
२५६ जीबी |
¥१,९४,८०० |
¥२,१४,८०० |
¥२०,००० |
१०% |
|
आइफोन १७ प्रो |
२५६ जीबी |
¥१,७९,८०० |
¥१,९४,८०० |
¥१५,००० |
८% |
|
आइफोन एयर |
२५६ जीबी |
¥१,५९,८०० |
¥१,७७,८०० |
¥१८,००० |
११% |
|
आइफोन १७ई |
२५६ जीबी |
¥९९,८०० |
¥१,०७,८०० |
¥८,००० |
८% |
|
आइफोन १७ |
२५६ जीबी |
¥१,२९,८०० |
¥१,४२,८०० |
¥१३,००० |
१०% |
|
आइफोन १६ |
१२८ जीबी |
¥१,१४,८०० |
¥१,२४,८०० |
¥१०,००० |
९% |
यसैगरी मूल्य बढेका अन्य मोडलमा २५६ जीबी स्टोरेज भएको आईफोन १७ई को मूल्य ८ प्रतिशत (८ हजार येन) ले बढेर १ लाख ७ हजार ८ सय येन पुगेको छ । त्यस्तै, २५६ जीबीको आईफोन १७ को मूल्य १० प्रतिशत (१३ हजार येन) ले वृद्धि भई १ लाख ४२ हजार ८ सय येन पुगेको छ भने १२८ जीबी क्षमताको आईफोन १६ को मूल्यमा ९ प्रतिशत अर्थात् १० हजार येनको वृद्धि भएसँगै अब यसको नयाँ मूल्य १ लाख २४ हजार ८ सय येन तोकिएको छ ।
एप्पलले जापानमा आईफोनको मूल्य बढाउनुको आधिकारिक कारण स्पष्ट नपारे पनि जापानी मुद्रा ‘येन’ कमजोर बन्नु यसको मुख्य कारण मानिएको छ । हाल अमेरिकी डलरको तुलनामा जापानी येन विगत ४० वर्षयताकै सबैभन्दा कमजोर अवस्थामा पुगेकाले जापानमा हुने बिक्रीबाट एप्पलले प्राप्त गर्ने डलरको मूल्य घट्न गएको छ । यसैलाई सन्तुलनमा ल्याउन कम्पनीले मूल्य बढाउनु परेको जापानी सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
यसका साथै पछिल्लो समय प्रविधि उद्योगमा पाटपूर्जाको उत्पादन लागत समेत बढ्दै गएकाले गत महिना म्याक र आईप्याड जस्ता डिभाइसको मूल्य बढाइएको भए तापनि त्यतिबेला आईफोनको मूल्य भने यथावत राखिएको थियो ।
यदि जापानमा गरिएको यो मूल्य वृद्धि केवल मुद्रा विनिमय दरको उतारचढावकै कारण मात्र हो भने अन्य देशमा यसको प्रत्यक्ष असर पर्ने सम्भावना कम देखिन्छ । यसबारे थप विवरण एप्पलले आगामी ३० जुलाईमा आयोजना गर्ने आफ्नो तेस्रो त्रैमास वित्तीय प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा स्पष्ट पार्नेछ ।
पछिल्लो अध्यावधिक: साउन ४, २०८३ १३:३१
