close

नेपालमै पहिलोपटक अनलाइन कक्षा सुरु गर्दै नियोस्फेर

टेकपाना टेकपाना

चैत ९, २०७६ १४:२५

नेपालमै पहिलोपटक अनलाइन कक्षा सुरु गर्दै नियोस्फेर

काठमाडौं । नियोस्फेरले नेपालमै पहिलोपटक आधारभूत कम्प्युटर प्रोग्रामिङ कक्षा अनलाइनबाटै दिने भएको छ । आईटी तथा प्रविधि सम्बन्धि विभिन्न तालिम कक्षाहरु सञ्चालन गर्दै आएको नियोले कोरोना भाइरसको महामारीको समयमा अनलाइन कक्षा दिने भएको हो । 

कम्पनीका अुसार इच्छुक विद्यार्थीहरुले अनलाइन लाइभमार्फत कम्प्युटर प्रोग्रामिङ सम्बन्धि तालिम कक्षामा सहभागी हुन सक्नेछन् । त्यसका लागि भर्ना खुल्ला भइसकेको छ ।

यसका साथै जाभा, डिजिटल मार्केटिङ, ग्राफिक डिजाइन, नेटवर्किङ लगायतका तालिम कक्षाहरु समेत अनलाइनबाटै लिन सकिनेछ । 

कोरोना भाइरसको महामारीको अहिलेको समयमा सफ्टवेयर प्रोग्रामर बन्न चाहनेहरुका लागि यो गतिलो अवसर हुनसक्छ । २४ चैतदेखि सुरु हुने अनलाइन कक्षा हरेक साता ३ दिन गरी तीन महिनासम्म सञ्चालन हुनेछ । 

कक्षामा सहभागी हुन चाहनेहरुले अनलाइनबाट भर्ना हुन तथा शूल्क बुझाउन सक्ने नियोस्फेरका केन्द्र प्रमुख रत्नेश धीरजले जानकारी दिए । 

कक्षामा सहभागि हुन चाहनेहरुसँग न्युनतम २ एमबीपीएसको इन्टरनेट कनेक्सन र एउटा ल्यापटप हुनुपर्नेछ । धीरजका अनुसार नेपालभर जहाँबाट पनि नियोको अनलाइन कक्षा लिन सकिनेछ ।

उनले भने, ‘विद्यार्थीहरुले ४८० पी देखि फोरके क्वालिटीसम्मको भिडियोमा कक्षा लिन सक्छन् ।’ नियोस्फेरका अनुसार पुरा कोर्षको ५ हजार रुपैयाँ शूल्क लाग्नेछ ।

जब कि भौतिक रुपमै उपस्थित हुनेहरुका लागि यसको शूल्क १५ हजार रुपैयाँ रहेको छ । कक्षाहरु बिहान ६ः३० देखि बेलुकासम्म सञ्चालन हुने र एक शिफ्टमा ३० जना रहने नियोले जनाएको छ ।

हाल अफलाइनमा कक्षा लिइरहेका विद्यार्थीहरुले समेत अनलाइन कक्षामार्फत आफ्नो तालिमलाई निरन्तरता दिन सक्नेछन् । यदि तपाईं नियोको अनलाइन कक्षा लिन चाहनुहुन्छ भने यो लिङ्कमा गएर भर्ना हुन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६