close

रास्वपा सांसदको कार्यसम्पादन अब प्रविधिबाटै मूल्याङ्कन हुने, ‘पल्स आरएसपी’ सिस्टम सार्वजनिक

टेकपाना टेकपाना

असार १९, २०८३ ८:३०

फाइल तस्बिर फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संगठनलाई डिजिटल बनाउने प्रक्रियाअन्तर्गत आफ्ना सांसदहरूको गतिविधि निगरानी र व्यवस्थापन गर्न 'पल्स आरएसपी' (PulseRSP) नामक प्रणाली विकास गरेको छ । यस प्रणालीबारे पार्टीका प्रतिनिधि सभा सदस्यहरूलाई विस्तृत जानकारी दिन र साइबर सुरक्षाका विषयमा सचेतना जगाउन शुक्रबार (आज) बिहान १०:३० बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पार्टीले एक कार्यक्रम आयोजना गर्दै छ ।

पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा हुने बैठकमा सांसदहरूलाई प्रविधिको प्रयोग र यसका सुरक्षा पक्षबारे अभिमुखीकरण गराइने मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

यो प्रणाली कार्यान्वयनमा आएसँगै रास्वपाका हरेक सांसदले आफ्ना दैनिक गतिविधिहरू अनिवार्य रूपमा डिजिटल माध्यममा अद्यावधिक (अपडेट) गर्नुपर्ने छ । सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रमा गरेका भ्रमण, विभिन्न भेटघाट र अन्य राजनीतिक कार्यक्रमहरूको विवरण सोही पोर्टलमा राख्नुपर्नेछ ।

सांसदहरूले एक–अर्कासँग भेटघाटका लागि समय माग गर्दा समेत अनलाइनबाटै 'अपोइन्टमेन्ट' लिनुपर्ने र संसदमा बोल्ने विषयवस्तु तथा तयारीका सामग्रीहरूलाई समेत सोही सिस्टममा पहिल्यै प्रविष्ट गराउनुपर्ने अनिवार्य प्रावधान राखिएको छ ।

निर्वाचन क्षेत्रका नागरिकले आफ्ना सांसदसँग सोही एप वा पोर्टल मार्फत सिधै गुनासो राख्न सक्ने र ती गुनासाहरूको सम्बोधन कुन चरणमा पुग्यो भन्ने कुराको प्राविधिक ट्रयाकिङ (पछ्याउने कार्य) समेत प्रणालीबाटै हुने बताइएको छ ।

नागरिकका समस्या समाधानमा सांसद कति सक्रिय रहे भन्ने तथ्याङ्ककै आधारमा उनीहरूको कार्यसम्पादन मूल्याङ्कन गरिने व्यवस्था मिलाइएको छ ।

 

पछिल्लो अध्यावधिक: असार १९, २०८३ ८:३०