close

सरकारले पहिलोपटक सुरु गर्‍यो अनलाइन शपिङ, डेलिभरी निःशूल्क

टेकपाना टेकपाना

चैत २६, २०७६ १७:३५

सरकारले पहिलोपटक सुरु गर्‍यो अनलाइन शपिङ, डेलिभरी निःशूल्क

काठमाडौं । सरकारले पहिलोपटक अनलाइन मार्फत खाद्यान्न बिक्री र डेलिभरीको सेवा दिन सुरु गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बुधबारदेखी यस्तो सेवा सुरु गरेको हो ।

कम्पनीका अनुसार ग्राहकले अनलाइन मार्फत चामल, दाल, गेडागुडी, फापर, इन्डक्सन चुल्हो खरिद गर्न सक्नेछन् । अनलाइनमा अर्डर गरेको खाद्यान्न दुई दिनभित्र उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

सेवाग्राहीले कम्पनीको वेबसाइट नेपाल फूड डट जीओभी डट एनपीमा गएर आवश्यक सामग्रीको अर्डर गर्न सक्नेछन् । अनलाइन सपिङका लागि न्युनतम २ हजार रुपियाँको खरिद गर्नुपर्नेछ । लकडाउन अवधिभर डेलिभरीको शूल्क नलिइने पनि कम्पनीले स्पस्ट पारेको छ ।

तत्कालका लागि यो सुविधा काठमाडौको चक्रपथभित्र मात्र उपलब्ध हुनेछ । भविष्यमा अन्य स्थानमा पनि यसलाई विस्तार गर्ने कम्पनीको लक्ष्य छ । सरकारले अत्यावश्यक सामग्री घरघरसम्म पुर्‍याउने उद्देश्यका साथ अनलाइन शपिङ सुरु गरेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१