close

लकडाउनमा इन्टरनेट लाइन नकाट्न सरकारको पुनः निर्देशन

टेकपाना टेकपाना

बैशाख १८, २०७७ २०:३

लकडाउनमा इन्टरनेट लाइन नकाट्न सरकारको पुनः निर्देशन

काठमाडौं । लकडाउनको समयमा शूल्क बुझाउन नसक्ने सेवाग्राहीको लाइन नकाट्न सरकारले पुनः निर्देशन दिएको छ । यस अघिको निर्देशन पूर्ण रुपमा कार्यान्वयन नभएको अवस्थामा सरकारका प्रवक्ता तथा अर्थ एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले निर्देशन दोहोर्‍याएका हुन् ।

मन्त्रिपरीषदले १४ वैशाखमा गरेका निर्णयहरु सार्वजनिक गर्न आयोजित कार्यमक्रमार्फत मन्त्री खतिवडाले यस्तो बेलामा इन्टरनेट सेवा कटौति नगर्न निर्देशन दिइसकिएको भन्दै त्यसको पालना गर्न गराउन आग्रह गरे ।

त्यस्तै इन्टरनेट तथा डेटा सुविधामा २५ प्रतिशत छूट दिनुपर्ने निर्णय समेत लकडाउन अवधिभर कार्यानव्यन गर्न निर्देशन दिइएको छ । ‘निजी सेवाप्रदायकले समेत त्यस्तो छूट दिने भनिएको छ,’ मन्त्री खतिवडाले भने, ‘यस्तो बेलामा टेलिफोन र इन्टरनेटको शूल्क बुजाउन समस्या हुने भएकाले असार मसान्तमा बुझाएमा बिलम्ब शूल्क नलाग्ने निर्णय समेत भएको छ ।

सरकारले दिएको निर्देशन अनुसार छूट सुविधा दिन नसकिने सेवाप्रदायकले स्पष्ट पारिसकेका छन् । उनीहरुले लकडाउनका कारण इन्टरनेटको खपत बढेको र शूल्क नउठ्दा सञ्चालन खर्च धान्न समेत मुस्किल भएको कारण देखाउँदै उल्टै सरकारसँग राहत प्याकेज माग गर्दै आएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३