close

ह्वाट्सएपले सार्वजनिक गर्‍यो स्टोरेज म्यानेजमेन्ट टुल

टेकपाना टेकपाना

कात्तिक १९, २०७७ १२:१२

ह्वाट्सएपले सार्वजनिक गर्‍यो स्टोरेज म्यानेजमेन्ट टुल

काठमाडौं । फेसबुकको स्वामित्वमा रहेको म्यासेजिङ एप्लिकेसन ह्वाट्सएपले प्रयोगकर्ताको सुविधाका लागि स्टोरेज म्यानेजमेन्ट टुल सार्वजनिक गरेको छ । कम्पनीको यो टुल यसै साता विश्भभरका प्रयोगकर्ताका लागि रोलआउट हुने बताइएको छ ।

कम्पनीका अनुसार स्टोरेज म्यानेजमेन्ट टुलमार्फत प्रयोगकर्ताले आफ्नो फोनमा च्याट तथा मिडिया फाइलको स्टोेरज सहजी व्यवस्थापन गर्न सक्नेछन् ।

सामान्य भाषामा भन्नुपर्दा प्रयोगकर्ताले फोनको धेरै स्टोरेज ओगट्ने फाइलहरुलाई सहजै पहिचान गर्न सक्नेछन् र त्यसलाई डिलिट गर्ने वा सुरक्षित राख्ने भन्ने अप्सन पाउनेछन् ।

यसबाहेक यस्ता म्यासेज तथा मिडिया फाइललाई एकमुस्ट रुपमा डिलिट गर्ने विकल्प समेत रहनेछ ।

यस बाहेक फोनमा साना देखि ठूला साइजका फाइललाई एउटै साइजमा प्लेस गर्न सकिनेछ र त्यस्ता फाइलाई सर्च गर्न समेत सहज हुनेछ । स्टोरेज म्यानेजमेन्ट टुलले फाइल डिलिट गर्नुअघि प्रिभ्यू अप्सन समेत उपलब्ध गराउनेछ ।

कसरी गर्ने प्रयोग ?

ह्वाट्सएपको नयाँ अपडेट पश्चात प्रयोगकर्ताले कुनै पनि फाइलाई सिंगल वा मल्टिपल अप्सनबाट छनौट गरेर डिलिट गर्न सक्नेछन् । त्यसअघि प्रयोगकर्ताले त्यसको प्रिभ्यू समेत देख्न पाउनेछन् ।

ह्वाट्सएपको नयाँ टुल रोलआउट भएपश्चात प्रयोगकर्ताले ह्वाट्सएपको सेटिङमा गएर स्टोरेज एन्ड डेटाको विकल्प रोज्नुपर्नेछ । जसमार्फत म्यानेज स्टोरेजभित्र गएर ह्वाट्सएपको यो नयाँ टुल प्रयोग गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०