close

अपडेट : यस्तो छ आईफोन १३ र आईफोन १३ मिनि

टेकपाना टेकपाना

भदौ २९, २०७८ २३:५३

अपडेट : यस्तो छ आईफोन १३ र आईफोन १३ मिनि

काठमाडौं । एप्पललको आईफोन १३ सिरिज सार्वजनिक भएको छ । मंगलबार आयोजित कार्यक्रममा कम्पनीले आईफोन १३, आईफोन १३ मिनि, आईफोन १३ प्रो र आईफोन १३ प्रो म्याक्स गरी ४ मोडलमा नयाँ सिरिज घोषणा गरेको हो ।

यसन्तर्गत आईफोन १३ मा ए१५ बायोनिक चिप राखिएको छ । अहिलेसम्मका सबै स्मार्टफोनको तुलनामा फास्ट सीपीयू रहेको दाबी गरिएको यो फोनमा १६ कोर न्युरल इन्जिन छ । जसले आईओएस १५ को साथमा प्रयोगकर्ताले अर्को तहको अनुभव प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ ।

आईफोन १३ मा १२ मेगापिक्सेलको वाइड एंगल लेन्स र १२ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा सहित दुई ओटा क्यामेरा दिइएको छ ।

दुवै फोनमा फाइभजी कनेक्टिभिटीको सुविधा छ ।

आईफोन मिनीको मूल्य ६९९ अमेरिकी डलर र आईफोन १३ को मूल्य ७९९ अमेरिकी डलर रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१