close

नागरिकका जिज्ञासा सम्बोधन गर्न सामाजिक सुरक्षा कोषको ‘फेसबुक लाइभ’

टेकपाना टेकपाना

असार १९, २०८३ १४:८

नागरिकका जिज्ञासा सम्बोधन गर्न सामाजिक सुरक्षा कोषको ‘फेसबुक लाइभ’

काठमाडौं । सामाजिक सुरक्षा कोषले नागरिक तथा सरोकारवालाका जिज्ञासा र प्रश्नको समाधान गर्ने उद्देश्यले फेसबुक लाइभमार्फत प्रत्यक्ष संवाद थालेको छ । कोषले शुक्रबार दिउँसो १ बजे आफ्नो आधिकारिक फेसबुक पेजमार्फत लाइभ आएर नागरिकका प्रश्नको उत्तर दिएको छ ।

यस कार्यक्रममार्फत कोषमा कसरी आबद्ध हुने, आबद्ध भइसकेपछि पाइने सेवा तथा सुविधा कस्ता छन् र यसका अन्तर्गत के-कस्ता स्किम उपलब्ध छन् भन्ने जस्ता विषयमा जानकारी दिइएको छ ।

यो सामग्री प्रकाशन हुँदा फेसबुक लाइभ चलिरहेको छ । यो लाइभ सकिएपछि पनि सो भिडिओ कोषको आधिकारिक पेजमै उपलब्ध रहने भएकाले प्रयोगकर्ताले आफ्नो अनुकूल समयमा पुनः भिडिओ हेरेर आफूसँग सम्बन्धित जिज्ञासाको समाधान प्राप्त गर्न सक्नेछन् । 

कोषले यसअघि बिहीबार नै सूचना जारी गर्दै शुक्रबार फेसबुक लाइभमार्फत नागरिकका जिज्ञासा समाधान गरिने जानकारी दिएको थियो ।

पछिल्लो अध्यावधिक: असार १९, २०८३ १४:८