close

फेसबुक चलाउँदा अन्य वेबसाइटले गरिरहेका हुन्छन् तपाईँलाई ट्र्याक, जोगिने कसरी ?

टेकपाना टेकपाना

कात्तिक २६, २०७८ १६:१६

फेसबुक चलाउँदा अन्य वेबसाइटले गरिरहेका हुन्छन् तपाईँलाई ट्र्याक, जोगिने कसरी ?

काठमाडौं । फेसबुकले सन् २०१९ मा सुरु गरेको गोपनीयताको सुविधाले तपाईँलाई अन्य एप र वेबसाइटले फेसबुकसँग शेयर गर्ने डेटा हेर्ने र नियन्त्रण गर्ने अनुमति दिन्छ । अफ फेसबुक एक्टिभिटी (इन्टरनेटमा फेसबुक बाहिर गरिने गतिविधि, उदाहरणका लागि यदि तपाईँले फेसबुकमा) सुबिधाको सहयोगमा तपाईँले आफ्नो डेटा शेयर गर्ने एप र वेबसाइटको हिस्ट्री पनि डिलिट गर्न सक्नुहुन्छ ।

कम्पनीले तपाईँको अकाउन्टबाट शेयर गरिरहेका सबै जानकारी रोक्नका लागि ‘फ्युचर अफ फेसबुक एक्टिभिटी’ टर्न अफ गर्न सक्नुहुन्छ । तपाईँले आफ्नो गतिविधि शेयर हुनबाट रोक्न सम्बन्धित कम्पनी समेत छनौट गर्न सक्नुहुन्छ ।

जसले ‘टार्गेटेड’ (प्रयोगकर्ता पहिचानपछि गरिने) विज्ञापन देखाउनबाट रोक्ने गर्छ । त्यसका लागि फेसबुकको सेटिङमा जानुहोस् । अनि ‘सेटिङ एण्ड प्राइभेसी’ हुँदै ‘अफ फेसबुक एक्टिभिटी’मा जानुहोस् ।

त्यसबाट तपाईँ आफ्नो ‘अफ फेसबुक एक्टिभिटी’ लाई व्यवस्थापन गर्न, हिस्ट्री क्लियर (डिलिट) गर्न र फ्युचर एक्टिभिटी बन्द गर्न सक्नुहुन्छ । यति गरिसकेपछि तपाईँको कुनै पनि सर्च एक्टिभिटीलाई फेसबुकले अन्य कम्पनीसँग शेयर गर्न पाउने छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२