close

कारोबार पूर्ण डिजिटल भएपछि मात्रै क्रिप्टोकरेन्सीः अर्थमन्त्री

टेकपाना टेकपाना

मंसिर ७, २०७८ १९:३८

कारोबार पूर्ण डिजिटल भएपछि मात्रै क्रिप्टोकरेन्सीः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पूर्ण रूपमा डिजिटल कारोबार नभएसम्म क्रिप्टोकरेन्सीमा जान नसकिने बताएका छन् । मंगलबार राष्ट्र बैंक परिसरमा आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्था सम्बन्धी समीक्षात्मक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

त्यसक्रममा मन्त्री शर्माले पछिल्लो समय क्रिप्टोकरेन्सीको कुरा भइरहेको भन्दै त्यसका लागि पहिले पूर्ण रूपमा डिजिटल कारोबार आवश्यक रहेको बताए । ‘हामी डिजिटल कारोबारमै जान सकेका छैनौँ’, मन्त्री शर्माले भने, ‘अहिले डिजिटल करेन्सीको कुरा आइरहेको छ । सुरुमा पूर्ण रूपमा डिजिटल कारोबार लागू गर्ने वातावरण बनाऔँ, त्यसपछि मात्रै डिजिटल करेन्सीमा जान सकिन्छ ।’

पूर्णरूपमा डिजिटल कारोबारमा जानका लागि आम मानिसलाई वित्तीय साक्षरता भनेझैँ डिजिटल साक्षरता आवश्यक रहेको छ । त्यसका लागि राष्ट्र बैंकले सहजीकरण गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा बोल्दै मन्त्री शर्माले गैरआवासीय नेपाली (एनआरएन) लाई डलर खाता खोल्न दिने बारे समेत छलफल भइरहेको जानकारी दिए । हाल नेपालमा क्रिप्टोकरेन्सीलाई अवैध मान्ने गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२