close

संसारकै धनी एलन मस्क कस्तो घरमा बस्छन् ?

टेकपाना टेकपाना

असार २३, २०७८ २०:६

संसारकै धनी एलन मस्क कस्तो घरमा बस्छन् ?

काठमाडौं । चाहे अन्तरिक्षको क्षेत्रमा होस् या सवारी साधनको क्षेत्र, सामाजिक सञ्जालमा होस् वा विटक्वाइनको क्षेत्रमा, एलन मस्कको नाम चर्चामा छ । केही समयअघि मात्र संसारकै धनी व्यक्तिको रुपमा सूचित भएसँगै उनको विषयमा झनै चर्चा चुलिएको छ ।

योसँगे उनको व्यक्तिगत जीवनशैलीको विषयमा जान्न चाहनेको जमात पनि ठूलै छ । संसारकै धनी व्यक्ति मस्कको जीवनशैली भने त्यति ठूलो छैन ।

हालै उनले मंगल ग्रहको मिसनका लागि आफ्ना केही सम्पत्तिहरू पनि बेचेका छन् । यही जून महिनामा ५० वर्ष पुगेका मस्कले ट्वीट गर्दै बताएका थिए ।

उनी अहिले स्पेस एक्सको टेक्सासमा रहेको अन्तरिक्ष यान प्रक्षेपण गर्ने साइटमा ५० हजार अमेरिकी डलर, नेपाली रुपैयाँ करिब ५९ लाख तिरेर भाडामा बसिरहेका छन् । यद्यपि मस्कका प्रशंसकहरूको ब्लग टेस्लाराटीह्युस्टन क्रानिकलले भने मस्क ५० हजार डलर पर्ने बोक्जाबल नामक कम्पनीद्वारा निर्मित घरमा बस्ने कुरा हल्ला मात्रै हो भनेर दाबी गरेका छन् ।

यस विषयमा मस्कको कुनै धारणा बाहिर ल्याएका छैनन् । बोक्जाबलका सहसंस्थापक ग्यालियानो टिरामानीले पनि यस विषयमा कुनै प्रतिकृया दिएका छैनन् । ग्यालियानो र उनको बुवा पाउलो टिरामनीको यस कम्पनीले सन् २०१७ देखि जहाँ पनि बोकेर हिँड्‌न मिल्ने घरहरू बनाउँछ ।

featuresBoxabl housesCredit: Boxabl

मस्को विषयमा ग्यालियानोले केही बताउन नचाहे पनि उनीद्वारा निर्मित पोर्टेबल घर स्पेसएक्सको टेक्सासमा रहेको अन्तरिक्षयान प्रक्षेपण गर्ने साइटमा देखिइएको छ ।

आफ्नो मंगल ग्रहको मिसनको लागि सबै सम्पत्ति पनि गुमाउन तयार बताउने मस्कले आफ्ना घरजग्गा पछिल्लो समयमा बेचिरहेका छन् । गत मे महिनामा ट्वीट गर्दै उनले बताएका थिए, ‘म मेरा सबै भौतिक सम्पत्तिहरू बेच्दै छु । मसँग आफ्नो कुनै घर पनि हुने छैन ।’

न्यू याेर्क पाेस्टबाट ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३