close

प्रधानमन्त्री देउवाको नाममा फेसबुक र ट्वीटरमा नक्कली अकाउन्ट, छानबिन गर्दै प्रहरी

टेकपाना टेकपाना

साउन १०, २०७८ ९:४८

प्रधानमन्त्री देउवाको नाममा फेसबुक र ट्वीटरमा नक्कली अकाउन्ट, छानबिन गर्दै प्रहरी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको नाममा नक्कली फेसबुक र ट्विटरमार्फत सन्देश प्रवाह गरेको पाइएको छ । प्रधानमन्त्रीमा नियुक्तभएपछि देउवाको नाममा नक्कली अकाउन्ट खोली भ्रम छर्ने खालका पोस्ट भएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले अनुसन्धान थालेको छ ।

मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयका सचिव बद्री तिवारीले सीबीआईलाई पत्र लेखेर पठाइसकेको जानकारी दिँदै त्यस्ता व्यक्तिविरूद्द अनुसन्धान भइरहेको बताए ।

पछिल्लाे समय सार्वजनिक पद धारण गरेका व्यक्ति, कलाकार वा सामाजिक व्यक्तित्वहरूकाे नाममा नक्कली अकाउन्ट बनाएर भ्रम प्रवाह गर्ने प्रवृत्ति बढेकाे छ । प्रहरी कार्यालयमा दिनहुँ सामाजिक सञ्जालसँग सम्बन्धित उजुरी पर्ने गरेका छन् ।

सही सूचनाका लागि सक्कली वा भेरिफाइड फेसबुक पेज र ट्वीटर अकाउन्ट पहिचान गर्न प्रहरीले अनुराेध गरेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५