close

चरित्र हत्या गर्ने गरी युट्युवमा भिडिओ राख्ने ३ जना पक्राउ

टेकपाना टेकपाना

भदौ ५, २०७८ ७:५१

चरित्र हत्या गर्ने गरी युट्युवमा भिडिओ राख्ने ३ जना पक्राउ

झापा । गोपनीयता भंग हुने गरी भिडिओ खिचेर सामाजिक सञ्जालमा अपलोड एवं प्रसारण गर्ने तीन जना पक्राउ परेका छन् । झापाको विर्तामोडस्थित एक होटलमा खाजा आइरहेका बेला बिना अनुमति भिडिओ खिचेर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा युट्युवर खगेन्द्र घिमिरे, होटल जंगल भ्यु चारआलीका सञ्चालक हेमराज भट्टराई र सोही ठाउँका स्नुकर पूल सञ्चालक सुवास कार्की रहेका छन् ।

पीडित पक्षले घटनामा संलग्न ६ जनाविरुद्ध जाहेरी दिएका थिए । प्रहरीले जाहेरी दर्ता गरेलगत्तै युट्युवर घिमिरे, भट्टराई र कार्कीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष आर्चायले जानकारी दिए ।

पक्राउ परेकामाथि अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ । साथै सो घटनामा संलग्न युट्युवर भाष्कर श्रेष्ठसहित तीन जनाको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैलाई अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता भएको प्रहरीले जनाएकाे छ ।

मंगलबार राति बिर्तामोडको सिमाना होटलको कोठाभित्र बसेर खाजा खाइरहेका दुई महिला र एक पुरुषको भिडियो खिचेर सार्वजनिक गरिएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१