close

दुई फेुसबुक पेज कसरी मर्ज गर्ने ?

सुसन चापागाईं सुसन चापागाईं

मंसिर २९, २०७८ १८:२४

दुई फेुसबुक पेज कसरी मर्ज गर्ने ?

काठमाडौं । के तपाईं विभिन्न फेसबुक पेज ह्याण्डल गर्नुहुन्छ ? अनि ती पेजहरुलाई एक आपसमा मर्ज गर्न वा एउटै पेज बनाउन चाहनुहुन्छ ? आज हामी फेसबुक पेज कसरी मर्ज गर्ने भन्नेबारे चर्चा गर्दैछौं ।

सबैभन्दा पहिले केही कुरामा ध्यान दिनुपर्छ । तपाईंले मर्ज गर्न चाहेको फेसबुक पेजहरुको नाम उस्तै हुनुपर्ने हुन्छ । त्यस्तै तपाईं दुवै पेजको एडमिन हुनुपर्ने हुन्छ । साथै दुवै पेजको उद्देश्य एउटै हुनु आवश्यक छ ।

अनि अर्काे कुरा दुवै पेजको लोकेसन एउटै हुनुपर्छ । यी सबै सर्त लागू नभएसम्म तपाईंले फेसबुक पेज मर्ज गर्न सक्नुहुन्न ।

फेसबुक पेजको नाम फरक-फरक भएमा तपाईं फेसबुकलाई नाम परिवर्तनका लागि अनुराेध गर्न सक्नुहुन्छ । 

१. यसका लागि नाम परिवर्तन गर्न चाहेको आफ्नो फेसबुक पेजको सेटिङमा जानुहोस् ।  

२. त्यसपछि पेज इन्फोमा जानुहोस् ।  

३. पेज इन्फोमा गएपछि त्यहाँ नाममा गएर आफ्नो पेजको नाम परिवर्तन गर्न सक्नुहुन्छ ।   

४. त्यसपछि नाम परिवर्तन गरिदिनका लागि फेसबुकलाई रिक्वेस्ट गर्नुहोस् ।  

५. रिक्वेस्ट स्वीकृत भएपछि तपाईंको फेसबुक पेजको नाम परिवर्तन भएको थाहा पाउनुहुनेछ । 

६. मर्ज गर्न चाहेको पेजको पुनः सेटिङको मर्ज पेज भन्ने सेक्सनमा जानुहोस् ।   

७. आफूले मर्ज गर्न चाहेको पेज छान्नुहोस् ।

यति भइसकेपछि तपाईंको फेसबुक पेज मर्ज हुन्छ । मर्ज गर्दा तपाईंले धेरै कुरामा ध्यान दिनुपर्छ। मर्ज गरिएको पेजको फोटो, भिडिओ, पोस्ट, रेटिङ्ग सबै हट्नेछ । तर फलोअर, लाइक, चेक- इन भने नयाँ मर्ज गरिएको पेजमा जोडिने छ।    

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२