close

स्न्यापच्याटमा साथीहरूसँग यसरी खेल्नुहोस् लुडो, सबवे सर्फ, एयर टाइम जस्ता गेम

टेकपाना टेकपाना

पुस २८, २०७८ ११:११

स्न्यापच्याटमा साथीहरूसँग यसरी खेल्नुहोस् लुडो, सबवे सर्फ, एयर टाइम जस्ता गेम

काठमाडौं । स्न्यापच्याटले सन् २०१९ मा आफ्नो प्लेटफर्ममा गेम राख्न सुरु गरेको थियो ।  सुरुवाती चरणमा जम्मा ६ गेम खेल्न सकिन्थ्यो ।

तर अहिले त्यसमा करिब ५० गेम खेल्न सकिने भएको छ ।  यी गेम स्न्यापच्याट र अर्को थर्ड- पार्टी गेम डेभलपरसँग समन्वय गरेर बनाइएको हो ।तपाईँले यी गेम एक्लै वा साथीसँग मिलेर पनि खेल्न सक्नुहुन्छ ।  

साथीहरूसँग स्न्यापच्याटमा कसरी खेल्ने गेम ? 

-यसका लागि सुरुमा स्न्यापच्याट खोल्नुहोस् ।  

-क्यामेराको दायाँ स्वाइप गरेर च्याट सेक्सनमा जानुहोस् ।

-अब व्यक्तिगत च्याट वा ग्रुप च्याट खोल्नुहोस् ।  

-तल दायाँ पट्टी रहेको रकेट आइकनमा ट्य़ाप गर्नुहोस् र गेम्स एण्ड मिनी ड्रयरमा जानुहोस् ।

-आफूलाई खेल्न मन लागेको गेममा ट्याप गर्नुहोस् ।  

एक्लै खेल्न के गर्ने ?

-स्न्याप च्याट खोल्नुहोस् । 

-स्क्रिनको माथि सिरानीमा रहेको सर्च आइकनमा क्लिक गर्नुहोस् ।  

-त्यसपछि अर्को विन्डोजमा तल स्क्रोल गर्दै जानुहोस् र गेम्स एन्ड मिनिज सेक्सन भएसम्म पुग्नुहोस् । 

-उक्त सेक्सन भित्रबाट आफूलाई मन परेको गेम छनौट गरेर खेल्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२