close

विद्यार्थीलाई ब्रिटिश कलेजको ओएचसीटी छात्रवृत्ति​

टेकपाना टेकपाना

माघ १२, २०७८ १५:५९

विद्यार्थीलाई ब्रिटिश कलेजको ओएचसीटी छात्रवृत्ति​

​काठमाडौँ। द ब्रिटिश कलेज (टीबीसी) ले शैक्षिक सत्र २०२१-२२ को लागि दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । कलेजले पहिलोपटक विद्यार्थीहरुलाई ओएचसीटी छात्रवृत्ति प्रदान गरेको हो ।

विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई मद्दत गर्ने उद्देश्यका साथ योग्य स्नातक आवेदकका लागि यो छात्रवृत्ति प्रदान गरिएको कलेजले जनाएको छ ।

छात्रवृत्तिबाट सम्मानित हुनेहरुमा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन (बीबीए) मा अध्ययनरत सिन्धुपाल्चोकका दावा लामा तामाङ र बीएससी (हन्स) कम्प्युटिङमा अध्ययनरत सिन्धुलीकी रोशना ढकाल रहेकी छिन् ।

छात्रवृत्तिबाट सम्मानित भएसँगै अब दुवै जना विद्यार्थीहरुले पठन-पाठनको लागि हुने सम्पूर्ण खर्च प्राप्त गर्नेछन् । जसमा सम्पूर्ण चार वर्षको शिक्षण शुल्कहरू, सबै परीक्षा र विश्वविद्यालय रजिष्ट्रेशन दर्ता शुल्क समावेश हुनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२