close

यति एयरलाइन्सको वार्षिक उत्सव भन्दै स्क्याम आतंक, सुरक्षित रहन लिङ्क नखोल्नुहोला

टेकपाना टेकपाना

फागुन १४, २०७८ १३:१७

यति एयरलाइन्सको वार्षिक उत्सव भन्दै स्क्याम आतंक, सुरक्षित रहन लिङ्क नखोल्नुहोला

काठमाडौं । आज विहानदेखि नै नेपालको निजी आन्तरिक वायुसेवा कम्पनी ‘यति एयरलाइन्स’ को २०औँ वार्षिक उत्सवको नाममा स्प्याम लिंक सामाजिक सञ्जाल भरि नै आइरहेको छ ।

यति एयरलाइन्सको २०औँ वार्षिक उत्सवको अवसरमा उपहार भन्दै साथीहरूको माध्यमबाट फेसबुको इनबक्समा लिंक आइरहेको छ ।

जबकि यति एयरलाइन्सले गत वर्षमात्रै आफ्नो २३औँ वार्षिक उत्सव मनाएको थियो । यसरी आउने लिंकमा ५००० रुपैयाँसम्म जित्ने मौका भनेर म्यासेज लेखिएको छ ।

यस्तो लिंकमा क्लिक गर्दा आफ्नो अकाउन्ट ह्याक हुनसक्ने लगायतका समस्या आउन सक्छ । कम्पनीले भने यो फेक म्यासेज भएका कारण यस्तो प्रकारको कुनै पनि लिंकमा क्लिक नगर्न र रकम जित्ने आशामा यो म्यासेज कसैलाई पनि फर्वार्ड नगर्न आग्रह गरेको छ ।

‘कोही ह्याकरले गलत नियतवश यस्तो लिंक फैलाउन खोजेको छ । कम्पनीले यस्तो कुनै पनि प्रकारको लिंक कसैलाई शेयर नगर्न पनि भनेको छ । हामीले यस्तो प्रकारको कुनै म्यासेज पनि फर्वार्ड गरेका छौं । सम्बन्धित सबैलाई यस्तो लिंकमा क्लिक नगर्न आग्रह गर्दछौं,’ कम्पनीका प्रवक्ता सुरदर्शन बर्तौलाले भने । 

No description available.

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३