काठमाडौं । फोटोशप कला सिक्न चाहनेका लागि आउँदो महिना ५ दिनसम्म निःशुल्क अनलाइन तालिम हुने भएको छ ।
आगामी मे २ देखि ६ (वैशाख १९ देखि २३) सम्म हुने फोटोशप भर्चुअल समिट ४ मा अन्तर्राष्ट्रिय विज्ञबाट अनलाइनबाटै नि:शुल्क फाेटाेशप तालिम दिइने भएकाे छ ।
हरेक वर्ष आयोजना हुँदै आएको यो समिटलाई एडोबीले प्रायोजन गरेको छ । दुई दशकदेखि फोटोग्राफी तथा रिटचमा काम गर्दै आइरहेका प्रशिक्षक डेभ क्रसको अग्रसरतामा यसअघि तीनवटा भर्चुअल समिट सम्पन्न भइसकेको छ ।
चौंथो संस्करणको भर्चुअल समिटमा पाँच दिनमा २० प्रशिक्षक र कुल ४० अनलाइन क्लास हुनेछ ।
प्रशिक्षक क्रसका अनुसार हरेक एक घण्टा नयाँ टपिकमा कक्षा सञ्चालन हुनेछ । हरेक दिनकाे कक्षा ४८ घण्टासम्म अनलाइनमा निःशुल्क हेर्न सकिन्छ ।
भीआईपी पास लिएका सदस्यहरुले कुनै पनि समयमा फोटोशपको कक्षा हेर्न र डाउनलोड गर्न पाउने छन् ।
उक्त प्रशिक्षणमा नयाँदेखि व्यवसायिक रूपमा काम गरिरहेका सबै प्रकारका फोटोशप प्रयोगकर्ता सहभागी हुन मिल्ने बताइएकाे छ ।