कठमाडौं । याे वर्षकाे अन्त्यतिर मात्रै सार्वजनिक हुने अनुमान गरिएकाे गूगलकाे पिक्सेल फाइभ चाँडै नै बजारमा आउने भएकाे छ । भोडाफोनको जर्मन शाखाको एक आन्तरिक डकुमेन्टमा गूगलकाे पिक्सेल फाइभ र पिक्सेल फाेए फाइभजी स्मार्टफाेन सेप्टेम्बर २५ मा जर्मनीमा हुने उल्लेख भएकाे समाचार संस्था एन्ड्राेइड अथाेरिटीले जनाएकाे छ ।
विभिन्न स्रोतका अनुसार पिक्सेल फाइभ कालो र हरियो रङमा उपलब्ध हुनेछ । त्यस्तै पिक्सेल फोए फाइभजी भने कालो रङमा मात्र उपलब्ध हुनेछ ।
पिक्सेल फाइभ हालैमात्र एआई बेन्चमार्कमा देखापरेको थियो र यसको चिप स्न्यापड्रागन ७६५ जी रहनेछ । यसकारण याे गूगलकाे पहिलो फाइभजी पिक्सेल फोन हुनेछ ।
यो ८ जीबी र्याम हुने पहिलो पिक्सेल फोनसमेत रहनेछ । यसमा ६.६७ ईन्चको १२० हर्ज ओलेड डिस्प्ले हुनेछ ।
याे फाेन यूराेपमा ७४५ डलर अर्थात् ८७,७६० रूपैयाँमा उपलब्ध हुने विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
त्यस्तै हालै घोषणा गरिएको गूगल पिक्सेल फोए मा ५.८१ ईन्चको ओलेड डिस्प्ले रहनेछ भने स्न्यापड्रागन ७३० मोबाइल प्लाटफर्मबाट सञ्चालित हुनेछ ।
यो फोन ६ जीबी र्याम र १२८ जीबी इन्टर्नल स्टोरेजसहित आउने बताइएकाे छ ।