close

बहुप्रतिक्षित ‘ह्वावे पी५०’ मा ६६ वाटको चार्जिङ सपोर्ट हुने

टेकपाना टेकपाना

असार २१, २०७८ ११:४२

बहुप्रतिक्षित ‘ह्वावे पी५०’ मा ६६ वाटको चार्जिङ सपोर्ट हुने

काठमाडौं । ह्वावेको बहुप्रतिक्षित स्मार्टफोन ह्वावे पी५० आउँदो जुलाई २९ तारिखमा सार्वजनिक हुने चर्चा छ । एन्ड्रोइड तथा गुगलका सेवामाथि लागेको प्रतिबन्धका कारण कम्पनीको आफ्नै अपरेटिङ सिस्टम हार्मोनी ओएसका साथ ह्वावे पी५० सार्वजनिक हुनेछ ।

यसैबीच प्रिमियम सेग्मेन्टको स्मार्टफोनका रुपमा आउने फोनमा ६० वाट चार्जिङ सिस्टम हुने अनुमान गरिएकाे छ । चाइनिज थ्रीसी सर्टिफिकेसन अथोरोटिको वेबसाइटबाट प्राप्त जानकारीअनुसार कम्पनीले ६० वाट चार्जिङ सिस्टमको अनुमति लिएको छ ।

विश्लेषकहरूले ह्वावे पी५० सिरिजका फोनमा याे चार्जिङ सिस्टम हुनसक्ने बताएका छन् । तर, सँगै नोभा सिरिजअन्तर्गत कम्पनीले ‘नोभा ९’ पनि ल्याउने तयारी गरेकाले उक्त चार्जिङ सिस्टम कुन फोनका लागि हाे, यकिन भइसकेकाे छैन ।

सही कुरा के हो भने कम्पनीले चाँडै ६० वाट चार्जिङका साथ स्मार्टफोन बजारमा ल्याउँदै छ । यसअघि प्राप्त जानकारीअनुसार ह्वावे पी५० सिरिजमा पी५०, पी५० प्रो र पी५० प्रो प्लस गरी तीन फरक भेरियन्टमा स्मार्टफोन सार्वजनिक हुनेछ ।

तर, यी सबै फोनले फोरजीमात्रै सर्पोट गर्ने जनाइएकाे छ । फाइभजी चिपसेटमा लागेको प्रतिबन्धका कारण पनि कम्पनीले फाेरजी स्मार्टफोन नै ल्याउने छ । कम्पनीले सन् २०२२ बाट आफ्नै चिपसेट उत्पादनको काम सुरु गर्ने भएकाले त्यसपछि फाइभजीमा आधारित स्मार्टफोन आउने अपेक्षा गरिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३