close

साओमीका यी एमआई, रेड्मी र पोको फोनमा हुनेछ एन्ड्रोइड इलेभेन अपडेट

टेकपाना टेकपाना

कात्तिक २५, २०७७ २१:२७

साओमीका यी एमआई, रेड्मी र पोको फोनमा हुनेछ एन्ड्रोइड इलेभेन अपडेट

काठमाडौं । एन्ड्रोइड इलेभेन सार्वजनिक भएको दुई महिना भइसकेको छ । साओमीले पनि आफ्नो डिभाइसलाई यो भर्सनमा अपडेट गर्छ वा गर्दैन भन्ने कुरा थाहा पाउन धेरै प्रयोगकर्ताहरु आतुर छन् ।

कुन स्मार्टफोन मोडलमा एन्ड्रोइड इलेभेन भर्सन प्रयोग गर्ने भन्ने कुरा कम्पनीले स्पष्ट गरिसकेको छ । कम्पनीले यी फोनहरुको सूची नै बनाएको छ ।

साओमीको एमआई टेन, एमआई टेन प्रो, रेड्मी के थर्टी प्रो र पोको एप टु प्रो सबै फोनमा यसअघि नै एन्ड्रोइड इलेभेन सेट गरिएको छ । यी बाहेक साओमीका केही फोनहरुमा अहिले एन्ड्रोइड इलेभेनको बेटा परीक्षण भइरहेको छ । 

जसमा साओमीको एमआई टेन टी, एमआई टेन टी प्रो, एमआई टेन टी लाइट, एमआई नोट टेन लाइट, एमआई नाइन टी प्रो, एमआई नाइन, एमआई नाइन प्रो, एमआई नाइन एसई र एमआई नाइन लाइटमा एन्ड्राेइड इलेभेन रहेका छन् ।

त्यस्तै साओमी सीसी नाइन, सीसी नाइन मेइटु इडिसन, साओमी एमआई ए थ्री, रेड्मी के थर्टी, रेड्मी के थर्टी एस, रेड्मी के ट्वान्टी प्रो र रेड्मी के ट्वान्टी प्रिमियम रहेका छन् । यस्तै रेड्मी टेन एक्स र टेन एक्स प्रोमा पनि एन्ड्राेइड इलेभेनकाे बेटा परीक्षण भइरहेकाे छ ।

यससँगै रेड्मी नोट नाइन एस, नाइन प्रो, नोट नाइन प्रो म्याक्स, नोट नाइन प्रो ग्लोबल, नाइन ग्लोबल, नाइन प्राइम, रेड्मी नाइन, नाइन सी, नाइन ए, पोको सी थ्री, पोको एक्स थ्री एनएफसी, पोको एम टु प्रो, ब्ल्याक सार्क टु/टु प्रो /थ्री/थ्री एस/ थ्री प्रो एन्ड्राेइड इलेभेन अपडेट हुनेछ ।

यीबाहेक साओमी एमआई टेन अल्ट्रा, एमआई टेन युथ, लाइट जूम, एमआई नोट टेन, एमआई नोट टेन प्रो, सीसीनाइन प्रो, रेड्मी के थर्टी, के थर्टी फाइजी, के थर्टी आई फाइभजी, के थर्टी रेसिङ इडिसन, पोको एक्स टु, के ट्वान्टी र एमआई नाइन टी सबैमा खुल्ला बेटा भर्सन उपलब्ध छ । 

तर साओमी सीसीनाइन ई, रेड्मी नोट एट, नोट एट प्रो, नोट एट टी, नोट सेभेन, नोट सेभेन प्रो, नोट सेभेन एस, रेड्मी एट, एट ए र एट ए डुअलमा भने एन्ड्रोइड इलेभेनको अपडेट उपलब्ध हुने छैन । 

साओमीको रेड्मी लाइनका लोकप्रिय फोनहरु रेड्मी सेभेन र रेड्मी एटका केही चर्चित मोडलहरु पनि एन्ड्रोइड इलेभेनको अपडेट भर्सन पाउन सक्ने छैनन् । जसमा साओमी एमआई सीसी नाइन ई, रेड्मी नोट एट प्रो, नोट एट टी, नोट एट रहेका छन् ।

यस्तै नोट सेभेन प्रो, रेड्मी नोट सेभेन वा सेभेन एस, रेड्मी एट, एट ए डुअल, एट ए, साओमी एमआई मिक्स थ्री जी र साओमी एमआई मिक्स अल्फा कुनैले पनि एन्ड्रोइड इलेभेन अपडेट पाउन सक्ने छैनन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०