close

अनलाइनमा कसरी हेर्ने नेपाल र अष्ट्रेलियाको फुटबल म्याच ?

टेकपाना टेकपाना

जेठ २८, २०७८ २१:४९

अनलाइनमा कसरी हेर्ने नेपाल र अष्ट्रेलियाको फुटबल म्याच ?

काठमाडौं । विश्वकप २०२२ र एसिया कप २०२३ को छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियासँग खेल्दैछ । बेलुकी ९ः४५ देखि सुरू हुने खेलकाे नेपालमा कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्दै छ ।

अनलाइनमा याे खेल माेबाइल एप र वेब दुवै तरिकाबाट हेर्न सकिन्छ । नेटटिभी एपबाट कान्तिपुर टिभीले देखाउने खेल हेर्न सकिन्छ । यदि नयाँ हुनुहुन्छ भने एप डाउनलाेड गर्न आईओएसका लागि यहाँ र एन्ड्रोइडका लागि यहाँ क्लिक गरेर एप डाउनलोड गर्नुहोस् ।

साथै तपाईंले यहाँ क्लिक गरेर नेटटिभीको वेब भर्सनमा जान सक्नुहुन्छ । वेबसाइटबाट जाँदा माथि आवर प्लेटफर्म लेखिएको स्थानमा जानुहोस् र वेब टिभी छान्नुहोस् ।

अब फेसबुक वा जिमेलबाट नेटटिभी लगईन गर्नुहोस् । लगईन भइसकेपछि लाइभ टिभीमा गएर कान्तिपुर टेलिभिजन छनौट गर्नुहोस् । अब तपाईंले आफ्नो मोबाइल वा कम्प्युटरबाटै नेपाल र अष्ट्रेलियाबीचको फुटबल लाइभ हेर्न सक्नुहुन्छ ।

यस बाहेक यहाँ क्लिक गरेर कान्तिपुर टेलिभिजनको वेबसाइटबाट र मोबाइल एपबाट समेत यो लाइभ प्रसारण हेर्न सक्नुहुन्छ । कान्तिपुर टेलिभिजनको एन्ड्रोइड एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१