close

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

टेकपाना टेकपाना

असार १४, २०७९ ८:५७

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

काठमाडौं । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर तनहुँमा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भानु नगरपालिका–९ निवासी ४५ वर्षीया तारा थापा रहेकी छन् ।

सोमबार मोबाइल चार्ज गर्ने क्रममा प्लगबाट थापालाई करेन्ट लागेको थियो ।

घाइते भएकी उनलाई उपचारका लागि दमौली अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३