close

भायानेटको इन्टरनेट सेवा अवरुद्ध

टेकपाना टेकपाना

असार १०, २०७८ १०:२२

भायानेटको इन्टरनेट सेवा अवरुद्ध

काठमाडौं । काठमाडौं उपत्यकाका साथै केही जिल्लामा भायानेटको इन्टरनेट सेवा अवरुद्ध भएको छ । रातिको समयमा बालुवाटार र आज बिहान जमलमा शर्ट सर्किट भएर पोलमा लागेको आगोका कारण सेवा अवरुद्ध हुने पुगेको हाे ।

कम्पनीका प्रबन्ध निर्देशक विनय बोहराका अनुसार पोलमा लागेको आगोका कारण मल्टिपल ब्याकबोन फाइबरका साथै ब्याकअप फाइबरमा समेत क्षति पुगेको छ ।

डेटा सेन्टर जोड्ने फाइबरमा आगो लागेका कारण भायनेटको इन्टरनेट सेवामा समस्या आएको हो । दुवै तर्फको लिङ्कमा समस्या आउँदा भायनेटका करिब २० हजार ग्राहकको इन्टरनेट सेवा प्रभावित भएको छन् । जसले गर्दा काठमाडौंका केही भाग, ललितपुर र भक्तपुरका साथै पोखरा, बनेपा लगायतका स्थानमा इन्टरनेट सेवा अवरुद्ध भएको हो

सेवा अवरुद्ध भएसँगै हाल सेवा पुनःसञ्चालनका लागि बिहानैदेखि काम भइरहेको बाेहराले जानकारी दिए । उनका अनुसार अबको एक घण्टाभित्र सम्पूर्ण सेवा पुन: सञ्चालनमा आउने छ ।

पछिल्ला दिनमा दूरसञ्चार र इन्टरनेट सेवाप्रदायककाे सेवा अवरुद्ध भइरहेकाे छ । बुधबार बिहानमात्रै नेपाल टेलिकम र दिउँसाे आधा घण्टाका लागि वर्ल्डलिंक कम्युनिकेसन्सकाे इन्टरनेट सेवा अवरुद्ध भएको थियो ।

अपडेट: भायनेटका १५ हजार ग्राहकको सेवा सुचारु भइसकेको छ भने बाँकी ग्राहकतर्फको सेवा समेत पुनःस्थापित हुने क्रममा छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६