close

ह्वावेको हार्मोनी ओएसले चार्जर नक्कली भए पत्ता लगाउने

टेकपाना टेकपाना

असार १३, २०७८ १३:४१

ह्वावेको हार्मोनी ओएसले चार्जर नक्कली भए पत्ता लगाउने

काठमाडौं । ह्वावेले अघिल्लो महिना आफ्नो अपरेटिङ सिस्टम हार्मोनी ओएस सार्वजनिक गरेको थियो । याे ओएस कम्पनीले विस्तारै प्रयोगकर्तामाझ उपलब्ध गराइरहेकाे छ । यो वर्षको अन्त्यसम्म १० करोड बढी डिभाइसमा ओएस उपलब्ध गराउने योजना छ ।

कम्पनीले उक्त कार्यक्रममार्फत हार्मोनी ओएसको विषयमा धेरै कुरा सार्वजनिक गरेको थियो । यसपछि प्रयोगकर्ताले पनि हार्मोनी ओएस प्रयोग गर्दा देखिएका नयाँ फिचरहरुको विषयमा बाहिर जानकारी दिइरहेका छन् ।

HarmonyOS

यसै क्रममा एउटा नयाँ फिचर बाहिर आएको छ । जसअनुसार हार्मोनी ओएसले मोबाइलमा प्रयोग गरिएको चार्जर नक्कली भएको खण्डमा त्यसलाई डिटेक्ट गर्नेछ ।

यसको अर्थ यदि तपाईंले नक्कली चार्जर प्रयोग गर्नुभएको छ भने उक्त चार्जरले मोबाइलको चार्जिङ सिस्टममा असर पार्न सक्छ भन्दै जानकारी देखाउने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५