close

ग्लोबल आइएमई बैंकको सेवा २ दिनसम्म बन्द हुने

टेकपाना टेकपाना

पुस २३, २०७९ १४:२६

ग्लोबल आइएमई बैंकको सेवा २ दिनसम्म बन्द हुने

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरपश्चात सोमबारदेखि दुवै संस्थाको एकीकृत कारोबार सुरु हुने भएकाे छ ।

यसका लागि डेटा माइग्रेसनकाे काम जारी रहेकाले आज शनिबार र भोलि आइतबार  ग्लोबल आइएमई बैंककाे बैंकिङ सेवा बन्द हुने भएकाे छ ।

यस अवधिमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट तथा क्रेडिड कार्ड, एजेन्ट मार्फत हुने रेमिट्यान्स सेवा भने सञ्चालन हुने बैंकले जनाएकाे छ ।

 

पछिल्लो अध्यावधिक: पुस २३, २०७९ १४:२९